राप्ती र्‍यापिड्स सिपिएलको च्याम्पियन

सफल खबर संवाददाता

शुक्रबार, २४ माघ २०७६, १७ : ०१
राप्ती र्‍यापिड्स सिपिएलको च्याम्पियन

चितवन । राप्ती र्‍यापिड्स प्रथम संस्करणको सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) को च्याम्पियन बनेको छ । नारायणगढको क्याम्पाचौरमा आज शुक्रबार सम्पन्न फाइनल खेलमा सौराहा स्याण्ड्सलाई पराजित गर्दै राप्ती च्याम्पियन बनेको हो ।

सौराहाले दिएको १४० रनको लक्ष्य राप्तीले १७ ओभर ४ बलमा मात्र २ विकेट गुमाउदै पुरा गरे । राप्तीको जीतमा कप्तान आकाश थापाले कप्तानी इनिङ खेले । थापाले पहिलो विकेटका लागि साकार ढकालसँग ७७ रनको साझेदारी गरेका थिए ।

उक्त साझेदारीले नै राप्तीलाई जीततर्फ डोहो¥यायो । आक्रमक ब्याटिङ गरेका थापाले ५७ बलमा ७४ रन बनाए । उनले १० चौका र २ छक्का प्रहार गरे ।

बिजेता बनेको राप्तीले २ लाख सहित ट्रफी र मेडल पाएको छ भने उपबिजेता बनेको सौराहाले एक लाखमा चित्त बुझाएको छ । राप्तीका हरि बहादुर चौहान प्लेयर अफ दि सिरिज घोषित भए । 

यस्तै राइट एण्ड एसोसिएट भरतपुर गुर्खाजका कृजन गुरुङ उत्कृष्ट बलर घोषित भए । राप्तीका भिम सार्की उत्कृष्ट ब्याट्सम्यान घोषित भए ।

यस्तै राप्तीकै कप्तान आकाश थापा उत्कृष्ट अलराउण्डर घोषित भए । 

समापन समारोहका प्रमुख अतिथी बागमती प्रदेशका सांसद बिजय सुवेदी र अतिथी राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं चितवन टाइगर्सका मार्की प्लेयर सोमपाल कामीले पुरस्कार बितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस