निर्माणाधिन क्रिकेट रंगशालामा हुने महायज्ञका लागि १ हजार १ सय ११ सदस्सीय मुल आयोजक समितिको घोषणा

सफल खबर संवाददाता

विहीबार, ०२ माघ २०७६, १८ : ५७
निर्माणाधिन क्रिकेट रंगशालामा हुने महायज्ञका लागि १ हजार १ सय ११ सदस्सीय मुल आयोजक समितिको घोषणा

चितवन । रामपुरमा धुर्मस–सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बृहत धनधान्याचल ज्ञान महायज्ञ हुने भएको छ ।

महायज्ञ आयोजनाका लागि प्रदेश सभा सांसद विजय सुवेदीको संयोजकत्वमा १ हजार १ सय ११ सदस्सीय मुल आयोजक समितिको घोषणा गरिएको छ । 

आज रंगशाला निर्माणस्थलमा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समितिको घोषणा गर्नुभएको हो । समितिमा जिल्लाका सबै जनप्रतिनिधि, राजनीतिक दल, उद्योगी व्यवसायी, खेलाडी, संघसंस्था लगाएतका सबै सरोकारवालाई समावेश गरिएको छ ।

समितिको सह–संयोजकमा प्रदेश सभा सदस्य मिलनबाबु श्रेष्ठ रहनुभएको छ । उपसंयोजकमा चितवनका ७ पालिका र गैंडाकोट नगरापलिका प्रमुख, भरतपुर महानगरपालिका उपप्रमुख, जिल्ला समन्वय समिति उपप्रमुख, राजु श्रेष्ठ, भेषराज दुवाडी, दिर्घमान श्रेष्ठ, राजन गौतम, वेल बहादुर गुरुङ र दिनेश राठी रहनुभएको छ । समितिको महासचिवमा दिनेशकुमार चुके, उपमहासचिवमा राजु पौडेल, चुननारायण श्रेष्ठ, आरसी अधिकारी, रामबाबु ढकाल र कोषाध्यक्षमा शंकर कंडेल रहनुभएको छ ।

आगामी माघ १९ गतेदेखि २६ गतेसम्म रंगशाला निर्माणस्थलमा महायज्ञ हुने संयोजक विजय सुवेदीले जानकारी दनुभयो । उहाँका अनुसार महायज्ञ उद्घाटन समारोहमा २१ खेलका सबै राष्ट्रिय खेलाडीहरुको उपस्थिति रहने छ ।

प्रतिक्रिया दिनुहोस