नारायणी किनारमा ५ हजार १ सयमा जन्तिभोजसहित बिहे गर्ने अवसर

सफल खबर संवाददाता

बुधबार, २३ पुस २०७६, १८ : २७
नारायणी किनारमा ५ हजार १ सयमा जन्तिभोजसहित बिहे गर्ने अवसर

– प्रकाश सिग्देल
चितवन । माघ महिना लगनको महिना हो यो बेला धेरै जोडीहरुको बिहे हुन्छ । जिवनमा एक पटक गर्ने बिहे निकै तामझाम गरी भव्य गरु भन्ने सोच आर्थिक रुपमा सवल हुनेहरुलाई हुन्छ भने सामान्य परिवारका छोराछोरीलाई भने बिहेको आर्थिक जोहो गर्न निकै ठूलो चुनौति हुन्छ । अहिले भड्किलो समाजले बिहेलाई निकै खचिर्लो बनाएको छ । अहिले सामान्य भोज खुवाएर कम खर्च गरी बिहे गरेपनि कम्तिमा ८÷१० लाख खर्चत भईनै हाल्छ । महंगा पार्टी प्यालेस र महंगो भोजन, बाजागाजा सवारीको प्रवन्ध यी सबैकुरा सामान्य परिवारलाई बिहेको चुनौति कै रुपमा खडा खुने गर्छन ।

यस्तो अवस्थामा नारायणगढको नदी किनारमा भने ५ हजार १ सयमा धुमधामका साथ बाजागाजा बजाएर हात्ती चढाएर भव्य रुपमा बिहे हुने भएको छ । नेपालको कानुनले बिहे गर्न छुट दिएका उमेर समुहका किशोरकिशोरी जाडी मिलेर आएमा ५१ सयमा जन्तीलाई भोजन समेत गराएर बिहे गरिदिने प्रबन्ध विश्वविख्यात भागवत वाचक युवा ज्योतिष वाल योगेश्वर महाराजश्रीले गर्नु भएको छ ।

आगामी माघ ११ देखि फागुन ११ गतेसम्म भरतपुर महानगरपालिका १ नारायणगढस्थित नारायणी नदी किनारमा हुने ऐतिहासिक १०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान, माघी मेला महामहोत्सव एवम् सङ्गीतमय लीलामय १०८ श्रीमद्भावत धनधान्याचल पितृमोक्ष विराट मासिक महायज्ञ २०७६ मा यस्तो व्यवस्था मिलाइएको हो । यहाँ अहिले धमाधम मण्डप निर्माणको काम भईरहको छ ।

महायज्ञमा हात्ती सवारी, साधन, पण्डित, मण्डब, भोजन, माला सबै चिज उपलब्ध हुने भएकाले सामान्य रकममा आफूहरुले भव्य विवहाको व्यवस्था मिलाएको महायज्ञका प्रमुख वाचक महाराजश्रीले बताउनु भयो ।

महायज्ञमा १०८ पडिण्तद्वारा १०८ हवन कुण्डमा विशेष जडिबुटीसहित एक करोड २५ लाख मन्त्र जपद्वारा हवन, चार वेद, १८ पुराण, १०८ श्रीमद् भागवत पाठ पारायण, पितृमोक्ष, २१ करोड दीप प्रज्वलन, २१ हजार भन्दा बढी व्यक्तिको तुलादान, १०८ तीर्थस्थलको जलसहित हेलिकप्टरबाट गौ दुध धारासहित पुष्प वृष्टि, ५१ सय कलश पुजन, भूमि पुजन, अन्न पुजन, शालिग्राम परिक्रमा तथा पुजन, दुःख निवारण यज्ञ, कन्या पुजन, जेष्ठ नागरिक पुजन गरिने प्रमुख वाचक युवा ज्योतिष वाल योगेश्वर महाराजश्रीले बताउनु भयो ।

नेपाल भ्रमण वर्ष २०२० आगमनसँगै नेपालमै ठूलो धार्मिक महोत्सवको आयोजन गरिएको हो ।

महायज्ञ अवधिभरमा ३५ हजार दान गर्ने परिवारको एक जना, ६० हजार दान गर्ने दानवीरका २ जना, ८० हजार दान गर्ने दानवीरका ३ जना र १ लाख दान गर्ने परिवारका चार जना सदस्यलाई हेलिकप्टरबाट मौलाकालिका तथा देवघाट क्षेत्र परिक्रमा गराइनेछ ।

प्रतिक्रिया दिनुहोस