हिन्दुराष्ट्र निर्माणका लागि ब्राहमण समाजले महायज्ञ गर्ने, महायज्ञ सुरु नहुँदै दान दिने दाताको लर्को

प्रकाश सिग्देल

बुधबार, ०९ पुस २०७६, १८ : ११
हिन्दुराष्ट्र निर्माणका लागि ब्राहमण समाजले महायज्ञ गर्ने, महायज्ञ सुरु नहुँदै दान दिने दाताको लर्को

– प्रकाश सिग्देल

चितवन । ब्राहमण समाज नेपाल चितवनको आयोजना एवं ओमकार परिवारको सहभागितामा भरतपुरमा श्रीमद्भागवत महापुराण तथा धनधान्याञ्चल विराट ज्ञान महायज्ञ आयोजना गरिएको छ । माघ १५ देखी २३ गते सम्म संगमटोल भरतपुर ९ शरदपुरमा महायज्ञ गर्न लागिएको श्रीमद्भागवत महापुराण तथा धनधान्याञ्चल विराट ज्ञान महायज्ञका मुल समितिका संयोजक टंकनाथ पौडेलले बताउनु भयो । 

समाजमा हराउदै गएको हिन्दु धर्मको ज्ञान र दर्शनको बारेमा आम मानिसमा जानकारी प्रवाहगरी सामाजिक जागरण ल्याउने, ब्राहमण समाज नेपाल चितवनको भवन निर्माण गर्ने, जेष्ठ नागरिक सेवा सञ्चालन गर्ने, गरिव असाहय एवं ज्येष्ठ नागरिकको बहुआयामिक सहयोगार्थ अक्ष्यकोष स्थापना गर्ने, पञ्चायन मन्दिर निर्माणका साथै दैनिक धार्मीक प्रर्वचनको ब्यवस्था गर्ने, धार्मीक पुस्तकालय एवं बाचनालय स्थापना गर्ने, प्रत्यक दिन योग कक्षा सञ्चालन गर्ने र गुरुकुल शिक्षालाई प्रोत्साहन गर्ने उदेस्यसहित महायज्ञ आयोजना गरिएको महायज्ञ मुल समितिका संयोजक पौडेलले बताउनु भयो । महायज्ञको १५ गते भरतपुर बजारका बिभिन्न क्षेत्रमा बृहत कलसयात्रा सहित उद्धघाटन गर्ने, १६ गते सामुहिक व्रतबन्ध गर्ने,अन्य दिन नित्य पुजा, भागवत पारायण, कथा प्रवचन, लक्ष्यदीप प्रज्जवलन तुलादान, दैनिक भजन कृतन, झाकि प्रर्दशन र २३ गते पुर्णाहुती र समापन गरिने उहाँको भनाई छ ।

समाजमा देखा परेको अज्ञान, अन्धबिश्वास, विभेद, बिकृति र बिसंगती हटाउदै धर्मसंस्कृति सम्पदाको संरक्षण गर्दै अनादिकालदेखि तपोनिष्ट ऋषि महर्षिका सन्तति आर्य खस समुदायलाई आदिबासि सुचिमा सुचकृत गर्नु पर्ने, गुमाईएको हिन्दुराष्ट्रको पुनबाहाली गर्नु पर्ने, जेष्ठ नागरिक भत्ता पाउने  उमेर सबैको समान हुनुपर्ने आफुहरुका मागहरु रहेको र यिनै बिषय सहित  पुर्वीय दर्शनका राम्रा ज्ञानलाई आम नागरिकमा प्रवाह गर्न पनि महायज्ञ आयोजना गरिएको ब्राहमण समाज नेपाल चितवनका अध्यक्ष रुद्र प्रसाद पौडेलले बताउनु भयो । महायज्ञमा आचार्य बालकृष्ण अर्यालको मुखार बिन्दुबाट कथा प्रवचन हुने र महायज्ञको तयारीका लागी आफुहरु समिति निमार्ण गरेर अहोरात्र खटिएको संयोजक पौडेलले बताउनु भयो ।

बुधबार मुल समितिको बैठक बसि उपसमिति निमार्ण गरी कार्य बिभाजन गरिएको र महायज्ञको पुर्व सन्ध्यामा दान दिने दाताहरुको उत्साहजनक उपस्थिती देखिएको उहा बताउनु हुन्छ ।

महायज्ञका लागि १ लाख ५१ हजार दान दिएर अन्जना शर्मा घिमिरे मुल कर्ता बन्नु भएको छ । उहालेनै महायज्ञ सफल बनाउन १२ लाख दिने घोषाणा गर्नु समेत गर्नु भएको पौडेल बताउनु हुन्छ ।  त्यस्तै संगम टोल बिकास संस्थाबाट १ लाख ५१ हजार हस्तान्तरण समेत भएको छ । त्यस्तै अहिले सम्म भुमिदान गर्नेहरुबाट ६ लाख बरावरको भुमिदान भएको  र  ५१ नम्वरको कित्ता आफुले बुक गरेको संयोजकले पौडेलले बताउनु भयो ।  

समितिले दुुई कट्ठा १८ धुरलाई ६०१ वटा कित्ता बनाएर भुमिदानको ब्यवस्था मिलाएको छ । महायज्ञ प्रारम्भ नहुदै मुल समितिको बैठकमा ६४ कित्ता बुक भईसकेको त्यो मध्य संगम टोलबिकास संस्थाले १० बटा कित्ता, कृष्णहरी अर्यालले ५ कित्ता बुक गर्नु भएको र अन्य बिभिन्न ब्याक्तिहरुबाट गरी ६४ कित्ता बुक भईसकेको संयोजक पौडेलले जानकारी दिनु भयो ।  उहाका अनुसार १ कित्ताको २१ हजार १ सय ११ रुपैया पर्ने छ । महायज्ञलाई तन मन र धनले सहयोग गरी सफल बनाउन उहाले आग्रह गर्नु भयो । 

प्रतिक्रिया दिनुहोस