विप्लव समूहका ५ जना केन्द्रीय स्तरका नेता पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०६ पुस २०७६, १६ : २०
विप्लव समूहका ५ जना केन्द्रीय स्तरका नेता पक्राउ

काठमाडौं । नेपाल प्रहरी विशेष ब्यूरो टोलीले आज काठमाडौंमा विप्लव समूहका ५ जना केन्द्रीय स्तरका नेतालाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगार ब्यवसायी रोहन गुरुङको घरमा बम विस्फोट गराएको आरोपमा प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सञ्जीव लामा, तिलकबहादुर गुरुङ, वकिल घर्तीमगर, त्रिलोचन विक र दुर्खाबहादुर तामाङ रहेका छन् । लामा पार्टिको केन्द्रीय सचिव र गुरुङ केन्द्रीय कोषाध्यक्ष हुन् । घर्तीमगर कार्यालय सचिव, विक सोलुखुम्बु जिल्ला इन्चार्ज र तामाङ अखिल क्रान्तिकाीका उदयपुर जिल्ला नेता भएको प्रहरी स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस