कास्की–२ बाट निर्वाचित विद्या भट्टराईलाई आज उपसभामुखबाट सपथ गराईदैं

सफल खबर संवाददाता

मंगलबार, ०१ पुस २०७६, १० : ०६
कास्की–२ बाट निर्वाचित विद्या भट्टराईलाई आज  उपसभामुखबाट सपथ गराईदैं

काठमाडौं । निर्वतमान सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासमा जेल परेपछि राष्ट्रपति विद्या भण्डारीमार्फत सभामुखमा लबिङ गरीरहेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले उपचुनावबाट निर्वाचित भएर आएकी सांसद विद्या भट्टराईलाई आज पद तथा गोपनियताको सपथ खुवाउने भएकी छिन् ।

उनले संसद सचिवालयमा आज दिउँसो १ बजे भट्टराईलाई सपथ ग्रहण गराउन लागेकी संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछिन् । उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले शपथ ग्रहण गराउन लागेकी संसद सचिवालयले जनाएको छ । भट्टराई कास्की क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपाका तर्फवाट निर्वाचित भएकी थिइन् ।आफ्नै श्रीमान रविन्द्र अधिकारीको तीन पटक जित निकालेको निर्वाचन क्षेत्रमा त्यही विरासत जोगाउदै भट्टराई १४ मंसिरमा भएको उपचुनावमा विजयी भएकी थिइन् ।

कांग्रेसका खेमराज पौडेललाई झण्डै साढे आठ हजार मत अन्तरले हराएर उन िसांसद बनेकी हुन् ।  भट्टराईले २४ हजार ३ सय ९५ मत पाउँदा पौडेलले १५ हजार ९ सय ८६ मत पाएका थिए । निर्वाचनमा विजयी भट्टराईलाई नयाँ सभामुख आएपछि सपथ खुवाउने या उपसभामुखले खुवाउने भन्ने छलफलकै बीच आज सपथको कार्यक्रम तय भएको हो ।संविधानत ः सभामुखले गर्ने काम सभामुख नहुदा उपसभामुखले गर्ने ब्यवस्था नभएपनि सांसदको पद तथा गोपनियताको सपथ खुवाउन सक्ने कानुनविदहरुको तर्कपछि उनले विद्यालाई आज सपथ खुवाउन लागेकी हुन् ।

यस अगाडी तुम्बाहाम्फेले सभामुखले प्रमाणिकरण गरी पठाउनु पर्ने विद्येयक प्रमाणिकरण गर्न खोज्दा संसदकै समिति सभापतिहरुले नमानेका कारण सफल भएकी थिइनन् । उनले राष्ट्रिय सूचना आयोगको बैठक राखी नियुक्तिका लागि गरेको सिफारिस पनि विवादमा परेपछि अहिले अदालतमा पुगेको छ ।

नेकपाभित्र उनले सभामुख बन्नका लागि प्रयास जारी राख्दा पार्टीभित्रै बाट भने प्रत्यक्ष निर्वाचित सांसद, स्थायी समिति सदस्य सम्मबाट मात्रै सभामुखका लागि पार्टीले निर्णय गर्नुपर्ने आवाज बलियो रुपमा उठ्न थालेको छ । उनी सभामुखको लबिङमा लागेपनि उनको सम्भावना न्यून देखिएको छ । सभामुखमा सुवास नेम्वाङ, अग्नि सापकोटा, पम्फा भुषाल  लगायतको नाम चर्चामा छ ।
 

प्रतिक्रिया दिनुहोस