महायज्ञको हिसावकिताव सार्वजनिक

सफल खबर संवाददाता

सोमबार, २३ मंसिर २०७६, १७ : ०४
महायज्ञको हिसावकिताव सार्वजनिक

चितवन । देवघाटमा बेद विज्ञान समन्वयात्मक समावेशी कन्या गुरुकुल स्थापनाका लागि भरतपुरमा भएको श्रीमद् भागवत महापुराण धन धान्यान्चल ज्ञान महायज्ञको हिसावकिताव सार्वजनिक गरिएको छ । महायज्ञमा ४४ लाख ९४ हजार २ सय २० रुपैयाँ नगद, ९४ लाख १८ हजार ४० रुपैयाँ बोल कवल र भूमी दानसहित २ करोड १७ लाख ३ हजार ३ सय ६० रुपैयाँ संकलन भएको महायज्ञका प्रचारप्रसार समितिका संयोजक चन्द्रलाल राज भण्डारीले बताउनु भयो । महायज्ञमा १८ लाख ३४ हजार ९२ रुपैयाँ खर्च भएको उहाको भनाइ छ ।

चितवनको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल देवघाटमा वेद विज्ञान समन्वयात्मक समावेशी कन्या गुरुकुल स्थापनाका लागि आयोजित श्रीमद् भागवत महापुराण धन धान्यान्चल ज्ञान महायज्ञ आयोजना गरिएको हो । मातृ शक्ति जागरण महाअभियानअन्तर्गत देवघाटमा कन्या गुरुकुल स्थापनाका लागि श्रीमद् भागवत महापुराण आयोजना गरिएको हो । पछिल्लो समय धर्म र संस्कृति हराउंँदै गइरहेकाले गुरुकुल शिक्षामार्फत यसको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको महायज्ञका सहसंयोजक बाल सन्त कल्याणी दासले बताउनु भयो ।  

नेपालका सबै वर्ग समुदाय, सम्प्रदायका नारीहरुलाई समेट्ने गरी गुरुकुल शिक्षा दिन का लागि महायज्ञ आयोजना भएको महायज्ञ मूल समारोह समितिका संयोजक रविन्द्र अधिकारीले बताउनु भयो । गुरुयोजना अनुसारको भवन निर्माण सम्पन्न गर्न करिव २० करोड लागत लाग्ने अनुमान गरिएकोले सोही गुरुयोजना पुरा गर्न महायज्ञ गरिएको उहाँको भनाइ छ ।  १२ रोपनी क्षेत्रफलमा फैलिएको गुरुकुलमा आवाससहितको व्यवस्था, पुस्तकालय, सभाहल लगायतका संरचना निर्माण गर्ने बताइएको छ । 
महायज्ञ अवधिभर बाल ब्रह्मचारी पण्डित श्यामशरण अधिकारीबाट पाठ पारायण, धर्म दर्शन एवम् पुराणका प्रवक्ता धर्माचार्य कृष्णप्रसाद गुरागाईबाट कथा प्रवचन तथा विशिष्ट साधु सन्त महात्मा तथा जगतजननी शिवशक्ति स्वरुपा कयाणीबाट आशिर्वचन प्रदान गरिएको थियो ।  

प्रतिक्रिया दिनुहोस