१६ वर्षपछि बाबुराम भट्टराई  पुगे हापुरेको ‘वार्ता घर’

भट्टराईले दाङको हापुरे 'वार्ता घर' को अवलोकन गर्दै भने, –’असाध्यै रोमाञ्चित भए’

सफल खबर संवाददाता

विहीबार, १२ मंसिर २०७६, ११ : ४७
१६ वर्षपछि बाबुराम भट्टराई  पुगे हापुरेको ‘वार्ता घर’

काठमाडौं ।  तत्कालिन सरकार र माओवादीका बीचमा दोश्रो पटकको वार्तामा एउटा ठाँउको नाम निक्कै चर्चामा थियो । त्यो हो, – दाङ जिल्लाको हापुरे । २०६० श्रावण ३२ देखि भाद्र २ सम्म तत्कालिन माओवादी र सरकारका प्रतिनिधी बिच वार्ता भएको थियो हापुरेमा । त्यही वार्तामा कुरा नमिलेपछि माओवादीले युद्दविराम भंग गरेको थियो । माओवादी तर्फवाट त्यसबेला वार्ताको नेतृत्व गरिरहेका थिए, डा.बाबुराम भट्टराई र उनको साथमा थिए, कृष्णबहादुर महरा । सरकारका तर्फबाट भने कमल थापा र डा. प्रकाशचन्द्र लोहनी सहभागी थिए ।

अचेल त्यो घरलाई ‘वार्ता घर’को नामले पनि चिनिन्छ त्यहाँ । त्यहाँ पुग्ने जो कोहीलाई पनि अहिले उक्त घर अवलोकनका लागि अवसर मिल्ने गरेको छ । त्यसबेला वार्ता गरेको घर थियो, स्थानिय शिवलाल खत्रीको । त्यही घरको वार्ता भएको कोठामा डा. बाबुराम र महरासँगै बसेको फोटो समेत खिचेर राखिएको छ ।

त्यही घरमा बुधबार डा.बाबुराम १६ वर्ष पछि पुगेका थिए । त्यस बेलाको ‘वार्ता घर’ पुग्दा रोमाञ्चक अनुभूति भएको भन्दै तस्विरहरु डा. भट्टराईले सामाजिक सन्जालमा पोष्ट गरेका छन् । दीर्घकालिन जनयुद्धको उदघोष सहित राज्य ब्यवस्था बदल्न युद्धमा रहेको तत्कालिन माओवादी अहिले अस्तित्वमा छैन् ।

यो पार्टी अहिले तत्कालिन एमालेसँगको एकता पछि नेकपा बनेको छ । बाबुराम भट्टराई पनि अहिले त्यसबेला युद्धको नेतृत्व गर्ने नेकपाका अध्यक्ष प्रचण्डसँग साथमा छैनन् । उनको छुटटै पार्टी छ, उपेन्द्र यादव सहितको समाजवादी पार्टी । मोहन वैद्य किरण अलग पार्टी चलाईरहेका छन् । नेत्रविक्रम चन्द विप्लवको पनि अलग पार्टी छ ।

वार्तामा सहभागी रहेका महरा सभामुख हुदा संसद सचिवालयकै एक महिला कर्मचारीलाई यौन दुब्र्यवहार गरेको अभियोगमा जेलको थुनामा छन् । भट्टराईले त्यहाँ पुग्दा त्यसबेलाको घटनालाई तस्वीर हेर्दै स्मरण गरेका छन् ।

हेर्नुहोस, भट्टराई दाङको हापुरे स्थित वार्ता घर’ पुग्दाका केही तस्विरहरु

प्रतिक्रिया दिनुहोस