सिजी ल्याण्डमार्कमा चित्रकला प्रतियोगिता

सफल खबर संवाददाता

बुधबार, ०४ मंसिर २०७६, १५ : ३५
सिजी ल्याण्डमार्कमा चित्रकला प्रतियोगिता
चितवन । सहरभित्रको सहरका रुपमा परिचित सिजी ल्याण्डमार्क भरतपुरले ब्यावसायिकसंगै सामाजिक उत्तरदायित्व बोध गर्ने खालका बिभिन्न किसिमका कामहरु गर्दै आएको छ । बुधबार सिजी ल्याण्डमार्कले अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा अन्तरमावि चित्रकला प्रतियोगिता आयोजना गरेको छ  ।
प्रतियोगितामा गैंडाकोट नगरपालिका र भरतपुुर महानगरपालिकाका १६ बिद्यालयका २९ जना बिद्यार्थीहरु सहभागी छन् । किड्स एजुकेशन एण्ड साईन्टिफिक टे«डर्स गैंडाकोटले कार्यक्रमको संयोजन गरेको थियो । बिद्यार्थीमा आफुभित्र रहेको प्रतिभा थप निखार दिन र उत्साह प्रदान गर्न यस्तो कार्यक्रम गरिएको कार्यक्रमका संयोजक तिर्थराज रिमालले बताउनु भयो ।  आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने बालबिकाससंग सम्बन्धित सृजनात्मक कामहरु शिक्षाको बिकासमा टेवा पुग्ने कार्यक्रमहरु आयोजना गर्दै जाने उहाँको भनाई छ ।
प्रतियोगितामा चित्रकार भिमप्रसाद सुवेदी, प्रकास थापा, सुलभ पौडेल निर्णायकका रुपमा रहनु भएको छ । पहिलो, दोस्रो र तेस्रो हुनेलाई बिशेष पुरस्कार र सहभागीलाई पनि पुरस्कार प्रदान गरिने सिजी ल्याण्डमार्कले जनाएको छ । प्रतियोतिामा १ बिद्यालयबाट ५ जनासम्मको सहभागिता रहेको उहाँले बताउनु भयो । त्यस्तै बालबकेना स्कुलले १० जनालाई सहभागी गराएको उहाँले जानकारी दिनु भयो । प्रतियोगितामा बिद्यार्थीले प्रकृतिमैत्री आकर्षक चित्रहरु बनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस