उपत्यकाभित्र प्रवेश गर्ने टिपरका लागि नयाँ नियम लागु गरिने

सफल खबर संवाददाता

मंगलबार, १९ कार्तिक २०७६, १२ : ११
उपत्यकाभित्र प्रवेश गर्ने टिपरका लागि नयाँ नियम लागु  गरिने

फाइल फोटो

काठमाडौ l उपत्यकाभित्र प्रवेश गर्ने टिपरका लागि नयाँ नियम लागु गरिने भएको छ l

महानगरीय ट्राफिक प्रहरी महाशाखामा सम्बन्धित यातायात व्यवसायीसँगको छलफलबाट नयाँ नियम लागू गर्ने निर्णय भएको हो । जसअनुसार उपत्यकाभित्र प्रवेश गर्ने टिपरले पछाडिको भागमा दुवैतिर नम्बर प्लेट राख्नुपर्ने छ ।

यस्तै, टिपरको अगाडिपट्टी सीसामाथि सजाइने झल्लरी पनि हटाउनु पर्नेछ । ठुलो आवाजमा गीत, संगीत सुन्न राखिएका वुफर हटाउनुका साथै लुकिङ ग्लास पनि दुरुस्त राख्नुपर्ने छ । १५ दिनभित्र यी नियम लागू गरिने महाशाखाले जनाएको छ ।

यसैगरी, काठमाडौँ–सिन्धुपाल्चोक रुटमा सञ्चालन हुने हेलम्बु यातायातको छतमा राखिएको हुड पनि हटाइने भएको छ । सवारी साधनको छतमा यात्रु चढ्ने तथा सामान राख्ने गर्दा सवारी साधन अनियन्त्रित भइ दुर्घटना हुने गरेकाले हुड हटाउने निर्णय गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस