रौतहटमा गोली चल्दा भारतीय नागरिक घाइते

सफल खबर संवाददाता

बुधबार, १३ कार्तिक २०७६, २० : ०८
रौतहटमा गोली चल्दा भारतीय नागरिक घाइते

फाईल फोटो

रौतहट ।  रौतहटको गौरमा बुधबार साँझ गोली प्रहार भएको छ । बुधबार साँझ गौर नगरपालिका–३ विद्युत प्राधिकरणको कार्यालय नजिकै अज्ञात व्यक्तिले प्रहार गरेको हो ।

गोली लागेर एकजना भारतीय नागरिक घाइते भएका छन् । भारतीय नागरिक ४० वर्षीय विजय गुप्ताको पेटमा गोली लागेको छ । उनलाई उपचारका लागि जिल्ला अस्पताल गौर ल्याइएको छ ।

गोली कसले र किन चलाएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस