घुससहित एक प्रहरी सहायक निरीक्षक पक्राउ

सफल खबर संवाददाता

विहीबार, ३० असोज २०७६, १७ : ०५
घुससहित एक प्रहरी सहायक निरीक्षक पक्राउ

महोत्तरी । महोत्तरीमा घुससहित एक प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् । सिमाक्षेत्र स्थित कठुधार प्रहरीचौकीका इन्चार्ज बृजेश कुमार चौधरीलाई १३ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।

भारतीय बजारबाट ल्याएको समान सिमाक्षेत्रमा पास गराइदिने भन्दै व्यापरिसँग १३ हजार रुपैँया मागेको उजुरीको आधारमा बर्दिबासस्थित आयोगबाट खटिएको टोलीले चौधरीलाई पक्राउ गरेको हो ।

चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको अख्तियार दुरुपयोग आयोगको बर्दिबास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस