पोषणको आधारमा नेपाल ७३ औं स्थानमा

बुधबार, २९ असोज २०७६, १५ : ०९
पोषणको आधारमा नेपाल ७३ औं स्थानमा

काठमाडौं । ‘ग्लोबल हंगर इन्डेक्स’मा ११७ देशहरुको सूचीमा नेपाल ७३ औं स्थानमा आएको छ । सम्बन्धित देशका नागरिकले भेटभरी खाना खाए–नखाएको, बालमृत्युदरको अवस्था, बाल कुपोषणजस्ता आधारलाई यो सूचकाङ्क तयार गरिन्छ ।

भारत एशियाको तेस्रो ठूलो अर्थव्यवस्था र दक्षिण एशियाको सबैभन्दा ठूलो अर्थव्यवस्था हो । तर ग्लोबल हंगर इण्डेक्समा भारत दक्षिण एशियाका अन्य देशका तुलनामा तल देखिन्छ । 

यसको मतलब श्रीलंका, नेपाल, बंंग्लादेश र पाकिस्तानका जनता भारतीयहरुभन्दा पोषणको आधारमा अघि छन् । भारत यो मामिलामा ब्रिक्स राष्ट्रहरुमध्ये सबैभन्दा तल छ ।

प्रतिक्रिया दिनुहोस