जुवातास खेल्ने ७ जना भरतपुरमा पक्राउ, ७८ हजार रुपैयाँ बरामद

सफल खबर संवाददाता

मंगलबार, २८ असोज २०७६, १८ : ५३
जुवातास खेल्ने ७ जना भरतपुरमा पक्राउ, ७८ हजार रुपैयाँ बरामद

चितवन । जुवातास खेल्ने ७ जना चितवनमा पक्राउ परेका छन् । भरतपुर महानगरपालिका २ बालकुमारी रोडस्थित एक घरमा तास खेलिरहेका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

प्रहरी नायव उपरिक्षक एक नारायण कोईरालाका अनुसार तनहुँ घर भई हाल भरतपुर बस्दै आएका ३५ वर्षीय राजेश कुमार विकले घरको तेस्रो तल्लाको कोठामा जुवातास खेलाई रहेको अवस्थामा नियन्त्रणमा लिएको हो । प्रहरी निरीक्षकको टोलीले उनीहरुको साथबाट नगद ७८ हजार ५ सय ५ रुपैँया पनि बरामद गरेको कोईरालाले बताए । 

पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका- २ बस्ने ३५ वर्षीय राजेश बि.क, भरतपुर महानगरपालिका- १ बस्ने ३५ वर्षीय कपिल गुरुङ, भरतपुर- १ बस्ने ३५ वर्षीय सरोज पोख्रेल, भरतपुर- २ क्षेत्रपुर बस्ने ३१ वर्षीय बिशाल लामा, नवलपुर गैंडाकोट नगरपालिका- ९ बस्ने ३४ वर्षीय कर्म गुरुङ, भरतपुर- १ बस्ने ३५ वर्षीय राजन ठकुरी र लमजुङ बस्ने ३२ वर्षीय एडेन गुरुङ रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस