एनआरएनए संयोजकमा उम्मेदवारी दिई गुरुङले पारे चुनावी प्रचार अभियान तीव्र

सफल खबर संवाददाता

मंगलबार, २८ असोज २०७६, ११ : ४२
एनआरएनए संयोजकमा उम्मेदवारी दिई गुरुङले पारे चुनावी प्रचार अभियान तीव्र

काठमाडौँ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)को मध्यपूर्व संयोजकमा प्रविन गुरुङले उम्मेदवारी दिई आफ्नो चुनावी प्रचार अभियान तीव्र पारेका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आज हुने महाधिवेशनमा चर्चित युवा व्यवसायी र समाजसेवामा अब्बल गुरुङ्गले मध्यपूर्व संयोजक पदमा उम्मेदवारी दिई प्रचारप्रसारलाई तीव्र पारेका हुन् ।

एनआरएनए मध्यपूर्वमा परिचित गुरुङले भने,– ‘मध्यपूर्व उपसंयोजकपछि जाने भनेको स्वत संयोजकमा नै हो, आफ्नै साथीभाईलाई निस्वार्थ भावानाले सहयोग र साथ दिँदा आज म यहाँसम्म छु, त्यही भएर उम्मेदवारी घोषणा गरेको छु ।’
मध्यपूर्वमा दुःख पाएका नेपालीलाई आर्थिक तथा नैतिक सहयोग गर्न अगाडि सर्ने गुरुङ मध्यपूर्वमा सबैले रुचाइएका व्यक्ति हुन् ।

गुरुङले आफ्नो उम्मेद्वारी घोषणा गर्दै भनेका थिए– ‘गैरआवासीय नेपाली संघ नेपाल र नेपालीका लागि सारथी बनेको छ, विश्वको जुनसुकै भुगोलमा रहेता पनि नेपाल र नेपालीको राहत तथा उद्धारका लागि हामी जुटिरहेका छौं , त्यति मात्र होइन नेपालमा लगानीको वातवरण सृजना गरी लगानी बढाउन पहल गरिरहेको छ ।’

गुरुङले भने– ‘आज खाडीको देश कतारमा रहेर हाँसिल गरेको अनुभवलाई गैरआवासीय नेपाली संघको माध्यमबाट नेपाल सरकार वा सरोकार पक्षसँग हरेक समस्याका समाधानका लागि क्याप्सुलको रुपमा काम गर्नेछु ।’
एनआरएनले गरेका कामहरुलाई बाहिर ल्याउन र सहकार्यसहित अघि बढ्नका लागि एउटा संयन्त्र बनाउनु पर्ने गुरुङको भनाई छ । उनी भन्छन्– ‘हामी हामीबिचको नेटवर्कले तत्काल समाधान गर्न सकिएला तर दीर्घकालीन समाधान गर्न सकिँदैन । दीर्घकालीन समाधानका लागि एनआरएन, नेपाली दूतावास, नेपाल सरकार र सम्बधित देशको सरकारका प्रतिनिधि सहितको समयन्त्र बनाउन सके जस्तो सुकै समस्या पनि समाधान गर्न सकिन्छ ।’

एनआरएन अभियानका क्रियाशिल एनआरएनए कतारका द्धितिय उपाध्यक्षसमेत रहेका गुरुङले हाल मध्यपूर्व सहसंयोजक हुन् । एनआरएनए अभियानमा विगत एक दशकदेखि आफू निरन्तर लागिरहेको बताउँदै गुरुङले आगामी दिनमा थप शसक्त ढंगमा एनआरएन अभियानमा आफूलाई समाहित गराउन नै मध्यपूर्वी संयोजकमा उम्मेदवारी दिएको बताएका छन् । ‘प्रवासमा आर्जन गरेको सीप र पूँजीलाई एनआरएन अभियानमार्फत देशमा लगानी गर्न र गराउन म अगाडि आएको छुु’ गुरुङले भने ।

चितवनको भरतपुर महानगरपालिका गुन्जनगरका गुरुङ विगत सन् २००९ देखि कतारमा व्यवसाय गर्दै आइरहेका छन् । उनी कतारको सफल व्यवसायीको रुपमा परिचित छन् । विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहँदै कतारका धेरै क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आइरहेका उनले खाडीका नेपालीहरुलाई एकवद्ध बनाई अगाडि बढ्नका लागि आफ्नो उम्मेदवारी आजको आवश्यकता रहेको बताएका छन् । गुरुङले सन् २०११ सालमा एनआरएनए कतारको पञ्जिंकृत सदस्यता लिएका थिए । उनी एनआरएनए कतारको २०१५–२०१७ को कार्यकालका लागि निर्विरोध निर्वाचित द्धितिय उपाध्यक्ष हुन् ।

आफ्नो कार्यकालको बारेमा कुरा गर्दै उनले भने ‘सामाजिक तथा संस्थाका योजना साथै विगत र वर्तमान अवस्थालाई बुझ्नका लागि आफ्नो कार्यकाल धेरै महत्वपुर्ण बन्यो । यो कार्यकालले अब कतारमा मात्रै नभई खाडीमा समेत मेरो सहभागीता हुनु जरुरी देखेको छु । त्यसका लागि पनि म आउँदै गरेको विश्व सम्मेलनलाई मध्यनजर गर्दै सम्पूर्ण खाडी क्षेत्रको नेतृत्व गर्नका लागि उम्मेदवारी दिने निर्णय गरेको हुँ ।’ युवाहरुका समस्याहरुलाई नजिकबाट नियालेको बताउँदै उनले भने ‘कतारमा व्यवसाय गरिरहेको छु । आर्थिक सहयोग मात्रै हैन केही भावनात्मक कार्यमा पनि मेरो मन जान्छ । कतारमा नेपाली युवाहरुका लागि धेरै अवसर पनि छ ।

मैले कैयौं नेपालीहरुलाई रोजगारी दिएको छु । त्यो मेरो व्यवसाय हो तथापी नेपालमा गलत बाटोमा हिँडिरहेका युवाहरुलाई कतारमा ल्याएर सुधार्ने प्रयास गरिरहेको छु । उनीहरुका परिवारको आग्रहमा दुव्र्यसनीमा फसेका केही युवाहरु मैले अवसर पनि दिएको छु । उनीहरु अहिले राम्रो काम गरिरहेका छन । पारिवारीक तथा सामाजिक कार्यहरुमा संलग्नता राखिरहेका छन ।’

‘युवाहरुको ठुलो जमात रहेको खाडी मुलुकमा युवाहरुलाई एकजुट बनाएर आफ्नो परिवार र मातृभुमी प्रती जिम्मेवारी वहन गर्नका लागि प्रेरणा दिन सकियो भने त्यो पनी एउटा ठूलो सहयोग हो जस्तो लाग्छ’, उनी भन्छन । विशुद्ध सामाजिक भावनाका साथ अगाडि बढिरहेको बताउने गुरुङले खाडीमा रहेका नेपाली समुदायबीच देखिएको विभेदका विरुद्धमा आवाज उठाउँदै यहाँ स्थापित सबै संघसंस्थाहरुलाई एकजुट बनाएर नेपालीको छुट्टै पहिचान स्थापित गर्नका लागि आफू समाजिक एनआरएनएमा रहेर काम गर्ने बताएका छन् ।

उनले भने ‘एनआरएनए हामी प्रवासीहरुको विशुद्ध सामाजिक संस्था हो तर हामीले यहाँ कार्यरत नेपालीहरुलाई विश्वास दिलाउन नसकिरहेको अवस्थामा मैले आफ्नो ठाउँबाट सक्दो पहल गरी हामी प्रवासी नेपालीको साझाँ संस्था हो भनेर चिनाउने प्रयास गर्ने छु ।’ गुरुङले कतारमा मेहनत र लगनशिलताले राम्रो सफलता पाइरहेका छन् । उनले शाखाहरु सहित २२ वटा कम्पनी कतारमा संचालन गरिरहेका छन् । उनी सन् २००४ मा कामदारको रुपमा कतार आएका थिए ।

भारतको कश्मिर राज्यको रजौराबाट मध्यरातमा एक सैनिक क्याम्प छोडेर भागेपछि १४ वर्षसम्म ‘गोर्खा पल्टन’ भनेर चिनिएका भारतीय सेनाका यी जवान त्यसै वर्ष कतार पुगेका थिए । त्यसको मुख्य कारण थियो, कतारस्थित अमेरिकी सैनिक क्याम्पको सुरक्षा गर्नु । यो सुरक्षा गार्ड पनि उनको विगत भइसक्यो । अहिले उनी कतारका नामी व्यवसायीको रुपमा परिचय बनाउन सफल भएका छन् ।

सामान्य कामदारमा आएका उनको मेहनत र लगनशिलता नै सफलताका खुट्कीलाहरु रहेको उनी बताउँछन् । विभिन्न जटिल अवस्थाको सामना गर्दै आज यहाँसम्म आईपुगेको उनी बताउँछन् । उनले कतारमा सम्सरा थकाली भान्साघर संचालन गरेर नेपाल र कतारलाई जोडेका थिए । अहिले उनले ग्रिन ग्रास ट्रेडिङ्ग एण्ड कन्ट्रयाकटिङ, ह्वाईट कार्पेट क्लिनिङ्ग एण्ड हस्पिटालिटी र ह्वाईट मुन क्लिनिङ्ग एण्ड हस्पिटालिटी, ब्लु माउन्टेन क्लिनिङ्ग एण्ड कन्ट्रयाकटिङ, दोहा फरईभर क्लिनिङ्ग एण्ड कन्ट्रयाकटिङ, भिक्टर एण्ड भ्यालेन्टिनो टे«डिङ्ग एण्ड कन्ट्रयाकटिङ, भिक्टर क्लिनिङ्ग, गुरुङ क्लिनिङ्ग एण्ड हस्पिटालिटी, उईन्टर टे«डिङ्ग एण्ड कन्ट्रयाकटिङलगायतका कम्पनीहरु सन्चालन गरी नेपाली तथा विदेशीहरुलाई रोजगारीको अवसर दिइरहेका छन्, भने पाँच महिना अगाडि मात्रै कतारमा दोहोरी साँझ खोल्ने पहिलो नेपाली बन्न सफल हुनुभएको छ । यसअघि नेपाल आईडलको ग्रयाण्ड फाईनल र भ्वाईस अफ नेपालको ग्राण्ड फिनाले आयोजना गरेर इतिहार रच्न सफल हुनुभएको थियो ।

व्यवसायको बारेमा राम्रै दख्खल राख्ने उनले कतारमा नयाँ व्यवसाय शुरु गरे । उनले आजसम्म मध्यपूर्वमा रहेका नेपाली व्यवसायीहरुको भन्दा फरक व्यवसाय संचालनमा ल्याएका छन् । उनले कतारमा ‘द एम्बेसी क्लव’कतारको मुटुमा रहेको एक प्रतिष्ठत पाँचतारे होटल बेष्ट वेष्र्टन प्लसमा क्लव खुलिसकेको छ । मध्यपूर्वमा रहेका नेपालीहरुको समस्या समाधान तथा एनआरएनए अभियानलाई मजबुद बनाउँदै लैजाने प्रतिवद्धता जनाउँदै गुरुङले उक्त क्षेत्रमा रहेका एनआरएनएका सम्पूर्ण अभियन्ताहरुलाई मध्यपूर्वसंयोजकमा आफूलाई काम गर्ने मौका दिन आग्रह गरेका छन् ।
गुरुङले विगतको अनुभव भविष्यका लागि मार्गदर्शक बनाउने भएकाले सबैको रचनात्मक सहयोग र सुझावको अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस