चिनियाँ राष्ट्रपति सीले प्रचण्डलाई भने,– ‘तपाई भेट्रान राजनेता’

चिनको सरकारी मुखपत्रले नै लेख्यो सीले नेकपा अध्यक्ष प्रचण्ड लाई दिएको महत्वका विषयको समाचार

सफल खबर संवाददाता

सोमबार, २७ असोज २०७६, १० : ०३
चिनियाँ  राष्ट्रपति सीले प्रचण्डलाई भने,– ‘तपाई भेट्रान राजनेता’

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड भेट्रान राजनेता भएको बताएका छन् । आइतबार प्रचण्डसहित नेकपाका सचिवालय सदस्यहरुसँगको भेटमा राष्ट्रपति सीले प्रचण्डलाई त्यस्तो उपमा दिएर सम्वोधन गरेका थिए ।

यसको पुष्टि चिनको सरकारी मुखपत्र ग्लोवल टाइम्सले नै गरेको छ । राष्ट्रपति सीसँग प्रचण्डसहित नेकपा नेताहरुको भेटको समाचार लैख्दै उक्त सञ्चारमाध्यमले प्रचण्ड चिनियाँ जनताको असल र पूरानो नेता भएको उल्लेख गर्दै प्रचण्ड भेट्रान राजनेता भएको बताएको उल्लेख गरेको छ ।

‘तपाईँ नेपालको भेट्रान राजनेता र चिनियाँ जनताको असल र पुरानो साथी हुनुहुन्छ ।’ प्रचण्डलाई राष्टपति सीले व्यक्त गरेको भनाई उदृत गर्दै ग्लोवल टाइम्सले समाचार लेखेको छ ।

‘गतवर्ष तपाईँ र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर नेपाल कम्युनिस्ट पार्टी बनाउने राजनीतिक निर्णय गर्नु भएको छ । त्यसले नेपालको स्थिरता र आर्थिक विकासमा नयाँ चरण खुला गरेको छ ।’ पत्रिकाले अगाडी लेखेको छ,–‘चीन र नेपाल हिमाल र नदीबाट जोडिएका छन् तथा ओठ र दाँतजस्तै नजिक रहेका छन् ।’ 

उनले सो अवसरमा नेपालले लामो समयदेखि चीनको मुख्य चासोमा गरेको दृढतापूर्वक समर्थनलाई चीनले प्रशंसा गरेको उल्लेख गर्दै सबैखाले दुई पक्षीय सम्बन्धलाई अझ गहिराईमा लैजान आफूले चाहेको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस