चियापानमा देउवाले भने– सीले मलाई चीन भ्रमण निम्तो दिनुभएको छ

सफल खबर संवाददाता

आइतबार, २६ असोज २०७६, १७ : ३९
चियापानमा देउवाले भने– सीले मलाई चीन भ्रमण निम्तो दिनुभएको छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी जिनफिङले आफूलाई चिन भ्रमणको निम्तो दिएको बताएका छन् । 

नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा आइतबार आयोजना गरेको दसैं, तिहार तथा छठको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  ‘म सँगको भेटमा सीले चीन भ्रमणको निम्तो दिनुभएको छ । मिलाएर आउँछु भनेको छु’ देउवाले भने ।

देउवाले चीन नेपालको पुरानो मित्र शक्ति भएको भन्दै चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई कांग्रेसले स्वागत गरेको बताए ।
 

प्रतिक्रिया दिनुहोस