कांग्रेसको चियापानमा प्रधानमन्त्रीले भने– देउवासँग मेरो ४५ वर्ष पुरानो सम्बन्ध छ

सफल खबर संवाददाता

आइतबार, २६ असोज २०७६, १७ : २८
कांग्रेसको चियापानमा प्रधानमन्त्रीले भने– देउवासँग मेरो ४५ वर्ष पुरानो सम्बन्ध छ

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफ्नो ४५ वर्ष पुरानो सम्बन्ध रहेको स्मरण गरेका छन् ।

नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा आइतबार आयोजना गरेको दसैं, तिहार तथा छठको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यस्तो भनेका हुन् ।

प्रधानमन्त्री ओलीले चाडपर्वले सम्बन्ध मजवुत बनाउने भन्दै चाडपर्वका अवसरमा कांग्रेसले सुरु गरेको चियापान कार्यक्रम अहिले परम्पराजस्तो बनेको बताए ।

‘शेरबहादुर देउवासँग मेरो ४५ वर्षदेखिको सम्बन्ध हो, रामचन्द्र पौडेलजीसँग पनि पुरानो सम्बन्ध छ, यस्ता चाडपर्वले पनि सम्बन्धलाई अझ राम्रो बनाउँछ’ प्रधानमन्त्रीले भने ।

प्रतिक्रिया दिनुहोस