काँग्रेसको चियापानमा पुगेर प्रचण्डले भने– मलाई सहयात्रीहरुकै बीचमा आएको महसुस भएको छ

सफल खबर संवाददाता

आइतबार, २६ असोज २०७६, १७ : ०४
काँग्रेसको चियापानमा पुगेर प्रचण्डले भने– मलाई सहयात्रीहरुकै बीचमा आएको महसुस भएको छ

काठमाडौँ । नेपाली काँग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको दसैं, तिहार तथा छठको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दहाहाल ‘प्रचण्ड’ सहभागी भए ।

कार्यक्रममा बोल्ने क्रममा प्रचण्डले कांग्रेससँग पहिले पनि सहकार्य भएको र फेरि पनि सहकार्य हुन सक्ने बताए । उनले भने, ‘यहाँ आएर काँग्रेस नेताहरु भेट्दा सहयात्रीहरुकै बीचमा आएको महसुस भएको छ । हेर्दै जाउँ पछिल्लो दिनमा राजनीतिले कसरी कोल्टे फेर्छ ?’ 

राजनीतिमा असम्भव भन्ने केही पनि नरहेको प्रचण्डको भनाइ छ । उनले भने ‘राजनीति यस्तै नै हो । असम्भव देखिने कुराहरु पनि राजनीतिक पार्टीहरु मिलेर सम्भव बनाउन सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस