कांग्रेसको चियापान आज, नेकपाको २९ असोजमा

प्रधानमन्त्रीदेखि अन्य राजनीतिक दलका नेताहरुसम्मलाई निम्तो

सफल खबर संवाददाता

आइतबार, २६ असोज २०७६, ०८ : ०६
कांग्रेसको चियापान आज, नेकपाको २९ असोजमा

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले आज पार्टी मुख्यालय सानेपामा चियापान तथा शुभकामना कार्यक्रम आयोजना गर्दैछ । दशैं, तिहार लगायत चाडपर्वको अवसर पारेर कांग्रेसले चियापान तथा शुभकामना कार्यक्रम आयोजना गर्न लागेको हो ।

हरेक वर्ष कांग्रेसले दशैं कोजागत पूर्णिमाका दिन यस्तो कार्यक्रम आयोजना गर्दै आईरहेको छ । 

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार, चियापान कार्यक्रम अपरान्ह्र १ बजेदेखि ५ बजेसम्म आयोजना हुनेछ । कांग्रेसले चियापान तथा शुभकामना कार्यक्रमका लागि प्रधानमन्त्ती केपी ओली, पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, डा बावुराम भट्टराई लगायत, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, सम्वैधानिक अंगका प्रमुखहरु, कुटनीतिक नियोगका अधिकारीहरु, सञ्चारकर्मी लगायतलाई निम्तो गरेको छ ।

सत्तारुढ दलले पनि चियापान कार्यक्रमको आयोजना गरेको छ । सत्तारुढ दल नेकपाले भने २९ असोजमा अर्थात तीन दिनपछि चियापान तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ ।

नेकपाले भने दिउसो १२ बजेदेखि ५ बजेसम्म भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गरेको हो ।

उसले कार्यक्रमलाई भव्य बनाउन झण्डै १ लाख पाहुनालाई निम्तो पठाईसकेको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल प्रसान्तले बताए ।

प्रतिक्रिया दिनुहोस