सी भ्रमणको विरुद्ध प्रदर्शन गर्ने आशंकामा नेतृ सुनिता साह पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २४ असोज २०७६, १८ : ०७
सी भ्रमणको विरुद्ध प्रदर्शन गर्ने आशंकामा नेतृ सुनिता साह पक्राउ

काठमाडौं । समाजवादी पार्टीकी नेतृ सुनिता साहलाई प्रहरीले पक्राउ गरेको छ । 
चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणमा विरोध प्रदर्शन गर्ने आशंकामा उनलाई पक्राउ गरिएको हो । यसअघि चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल भ्रमण आएको बेला प्रदर्शन गर्दा उनीसहित १० जना पक्राउ परेका थिए । तरपछि उनीहरुलाई रिहा गरिएको थियो । राष्ट्रपति सीको भ्रमणमा पुनः प्रदर्शन गर्न सक्ने आशंकामा कमलपोखरी प्रहरी वृतको आदेशमा जिल्ला प्रहरी कार्यालय सप्तरीले साहलाई नीजको निवासबाट आज प्रकाउ गरेको हो ।

सुनिताले आफ्ना फेसबुकमार्फत पनि चिनियाँ राष्ट्रपति सीको भ्रमणको विरोध गरेकी छन् । तीन घण्टाअघि विभिन्न न्युज सेयर गर्दै भ्रमणको विरोध गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस