चिनियाँ राष्ट्रपतिको भ्रमण नेपालका लागि ऐतिहासिक : उपसभापति गच्छदार

शुक्रबार, २४ असोज २०७६, १६ : ४४
चिनियाँ राष्ट्रपतिको भ्रमण नेपालका लागि ऐतिहासिक : उपसभापति गच्छदार

विराटनगर । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले  चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणबाट नेपालले ऐतिहासिक उपलब्धि हासिल गर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग आज सङ्क्षिप्त कुरा गर्दै उहाँले २३ वर्षपछि चीनका राष्ट्रपति नेपाल आउनुले सबै नेपालीलाई उत्साहित बनाएको छ भन्नुभयो । उपसभापति गच्छदारले चिनियाँ राष्ट्रपतिको यो भ्रमणले नेपाललाई सुखद अवसर प्राप्त भएको छ भन्दै भ्रमणबाट कति उपलब्धि हासिल गर्न सकिन्छ यो सरकारमा निर्भर रहने धारणा राख्नुभयो । 

उहाँले काठमाडौँबाट केरुङसम्म चल्ने रेलबाट नेपालले आर्थिक, व्यापारिक एवं पर्यटकीय लाभ लिने तर्क गर्दै संसारका दुई ठूला शक्तिशाली राष्ट्र चीन र भारतबाट नेपालले प्रशस्त लाभ लिन सक्नुपर्नेमा जोड दिनुभयो । तीब्र गतिमा विकसित भइरहेका यी देशहरुबाट नेपालले शिक्षा लिनुपर्ने तर्क गर्दै उपसभापति गच्छदारले नेपाली जनता लोकतन्त्रप्रति प्रतिबद्ध रहेकाले अरू कुनै प्रणाली स्वीकार नगर्ने स्पष्ट पार्नुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस