महरा प्रकरणमा सुवास नेम्वाङको ‘कुटिल चलखेल’

७ करोडको डिल नमिल्दा खुल्यो महराको वाहरवालीसँगको यौनकाण्डको पोल

सफल खबर संवाददाता

शुक्रबार, २४ असोज २०७६, ०८ : ४८
महरा प्रकरणमा सुवास नेम्वाङको ‘कुटिल चलखेल’

काठमाडौं । निर्वतमान सभामुख कृष्णवहादुर महराको राजनीतिक र सामाजिक जीवन एउटै काण्डले करिव समाप्तप्रायः भएको छ । महराको क्षणिक आवेगका कारण उनको त्यो जीवन समाप्तीतिर पुगेको हो । तर यो प्रकरण प्रहरी अनुसन्धानकै क्रममा रहेकै बेला नयाँ–नयाँ भेदहरु खुल्दै जान थालेको छ ।

महिलामाथिको कमजोरी निवर्तमान सभामुख महराको हो । निसन्देह यसो भन्न घटना तथ्यहरुले रोक्दैनन् । तर उनको राजनीतिक जीवन सक्ने गरी कानुनी छिद्रहरुको खोजी भने उनकै पार्टीका एक जिम्मेवार नेताले गरेको खुलेको छ । 

ति नेता हुन्, नेकपाकै स्थायी समिति सदस्य तथा पूर्वसभामुख सुवास नेम्वाङ । महरालाई सभामुखदेखि सांसदबाट समेत राजीनामा दिन लगाउनु पर्ने राय उनैले दुई अध्यक्ष प्रचण्ड र केपी ओलीसँग राखेका थिए ।

महरा प्रकरण सार्वजनिक भईसकेपछि बसेको नेकपा सचिवालयको आकस्मिक बैठकले महरालाई सभामुखदेखि सांसदसम्मबाट राजीनामा दिन सुझाएको थियो । लगत्तै महराले सभामुखबाट राजीनामा दिए, तर सांसदबाट उनले राजीनामा दिएनन् ।

तर उनलाई सांसदबाटै राजीनामा दिन लगाएर उनको रिक्त रहने दाङ २ मा प्रदेश सांसद तथा अहिलेका ५ नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई संघीय संसदमा ल्याउने योजना अनुसार सांसदबाट राजीनामा दिनुपर्ने सम्मको प्रस्ताव सुझवुझपूर्ण योजनाकै आधारमा नेम्वाङले प्रधानमन्त्री ओलीसँगको परामर्शका आधारमा अगाडि सारेको स्रोत बताउँछ ।

त्यही योजना मुताविक नेकपा सचिवालयले त्यस्तो निर्णय गरेको थियो । महराले सभामुखबाट राजीनामा दिएपछि तिनै नेम्वाङले महरालाई सांसदका रुपमा पार्टीले अब नचिन्ने र उनले त्यसबाट पनि राजीनामा दिनुपर्ने निरन्तर वकालत गर्दै आइरहे ।

त्यक्तिमात्र होइन, नेम्वाङले नै उनलाई प्रक्राउ गर्ने कानुनी प्रक्रिया यस्तो हुन सक्छ, संविधानको यो धाराले पक्राउ गर्न मिल्छ भन्दै विपक्षीले जस्तो सहज बाटो खोजिदिने काममा नेम्वाङ अग्रसर देखिइरहेका छन् ।यसले पनि पुष्टि गर्छ महराविरुद्ध नेम्वाङ कम्मर कसेरै लागेका छन् ।

ओली–नेम्वाङ समूहलाई ५ नम्वर प्रदेशका मुख्यमन्त्री पोखरेललाई केन्द्रीय राजनीतिमा अहिले नल्याई भएको छैन । पार्टीभित्र पूर्वएमाले त्यसमा पनि आफ्नो गुटको वर्चश्व राख्नका लागि पनि ओली–नेम्वाङ समूहले महराकाण्डलाई भरपुर उपयोगको नीति बनाउन खोजेको देखिन्छ । 

शंकर पोखरेल ओली समूहका वैचारिक नेता हुन् । आफूसँग चिढिदै गएका नेता वामदेव गौतमदेखि झलनाथ खनालसम्मलाई मिलाउनेदेखि दर्शन राजनीतिको क्षेत्रमा पोखरेलको भूमिकालाई प्रभावकारी बनाउनका लागि पनि यो समूहलाइृ पोखरेल प्रदेशको राजनीतिमा रहने कुरा चित्त बुझेको छैन ।

महराको यो काण्डलाई सदुपयोग गर्दै उनीहरुले प्रदेशको मुख्यमन्त्रीमा अन्य नेतालाई लैजाने, प्रदेश सभाबाट पोखरेललाई राजीनामा गर्न लगाई महराको स्थानमा उनलाई उम्मेदवार बनाउने र केन्द्रमा ल्याउने र आफ्नो समूहको योजना कामयावी बनाउने योजनामा अहिले चलखेल तीव्र बनाईदै रहेको पूर्व एमाले भित्रका माधव नेपाल पक्षले आशंका गरेको छ । 

पूर्वमाओवादी पक्षले भने यो काण्डभित्र अहिले चलिरहेको अनकखाले चलखेलको भेउसम्म पाउन नसकेकको नेपाल पक्ष बताउँछ ।

यसका लागि नेम्वाङले बाहिरी मोर्चाको भूमिका प्रतिपक्षीकै झै गर्न थालेका छन् । 

महरामाथि वलात्कारको आरोप लगाउने महिला रोशनी शाहीले महरासँग ७ करोड रुपैयाँको डिल गरेको र त्यसमा सहमत नहुँदा घटना बाहिर आएको कुरा पनि क्रमशः अहिले खुल्दै जान थालेको छ ।

प्रहरीकै गुप्तचर निकाय स्रोतका अनुसार, ७ करोडको डिल नमिलेपछि घटना सार्वजनिक भएको र त्यो पनि वलत्कारको रुपमा आएको हो । महरा अहिले प्रहरी हिरासतमा छन् । उनी हिरासतभित्रै उच्च रक्तचाप भएपछि विहिवारदेखि नर्भिक अस्पतालमा भर्ना भएका छन् । 

प्रतिक्रिया दिनुहोस