महराको ​संसद पद निलम्बन

सफल खबर संवाददाता

विहीबार, २३ असोज २०७६, १८ : ५६
महराको ​संसद पद निलम्बन

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराको ​संसद पद निलम्बनमा परेको छ ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेपछि उनको ​संसद पद निलम्वनमा परेको हो । अब उनको सेवासुविधा पनि रोक्का हुनेछ ।

संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले महरा निलम्बनमा परेको सूचना प्रकाशित गरेका छन् । फौजदारी अभियोग लागेमा सांसदलाई निलम्बनमा पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस