जू क्लब जुगेडी क्वाटर फाइनलमा

शनिबार, २० माघ २०७४, १९ : ११
जू क्लब जुगेडी क्वाटर फाइनलमा

प्यासिफिक कलेज चौंथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिताको शनिबारको खेलमा जू फुटबल क्लब जुगेडी विजयी भएको छ ।
अभिषेक चर्च रजहरलाई १–० गोलअन्तरले पराजित गर्दै जू फुटबल क्लब क्वार्टरफाइनल प्रवेश गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा  दोस्रो हाफको ३१ औं  मिनेटमा जुगेडीका योगेश गुरुङले गोल गरे । त्यसपछि पाएका कयौं अवसर दुवै टोलीले सदुपयोग गर्न नसक्दा त्यही गोल नै निर्णायक बन्यो ।


विदेशी खेलाडी सम्मिलित दुवै टिमको खेल निकै आक्रामक र प्रतिस्पर्धात्मक देखिन्थ्यो । खेलको म्यान अफ दी म्याच बनेका जुगेडीका गोलकर्ता योगेश गुरुङलाई ब्यवसायी दिवाकर गुरुङ र प्रहरी नायब महानिरीक्षक केदारमानसिंह भण्डारीले ट्रफी प्रदान गरे ।
आगामी फागुन २ गतेसम्म चल्ने खेलको विजेताले नगद २ लाख २२ हजार र उप विजेताले १ लाख ११ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।
आइतबारको खेल भरतपुर फुटबल क्लब बीएफसी र टाँडी युनाइटेड फुटबल क्लब  रत्ननगरका बीचमा दिउँसो २ः०० बजे हुने आयोजक एभरेष्ट क्लबले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस