ज्ञानेन्द्र शाहीको फेरोमा वैतरणी तर्ला काँग्रेस ?

सफल खबर संवाददाता

बुधबार, २२ असोज २०७६, १२ : १३
ज्ञानेन्द्र शाहीको फेरोमा वैतरणी तर्ला काँग्रेस ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दलको भूमिका समेत राम्ररी निभाउन नसकेको नेपाली कांग्रेसका युवा नेताहरु नै पार्टीको एजेण्डा सकिएपछि गणतन्त्रबिरोधी ज्ञानेन्द्र शाहीको फेरो समातेर राजनीति गर्नुपर्ने बाध्यतामा पुगेका छन् । गणतन्त्र, संघीयता, संविधान तथा परिवर्तन विरोधी एजेण्डा बोकेर जनतालाई अनेकन फण्डा गर्दै आएका शाहीको फेरो समातेर हिडेका काँग्रेसका युवा नेताको व्यवहार समेत रमाइलो रहेको राजनीति बजारमा चर्चा शुरु भएको छ । राजनीतिमा एजेण्डा चाहिन्छ । नीति चाहिन्छ । तर पछिल्ला दिनमा सरकारको विरोध गर्ने बाहेक काँग्रेससँग कुनै पनि एजेण्डा रहेको छैन । पार्टी आफ्नै घर झगडामा रमाएको छ । शेरबहादुर देउवाविरुद्ध रामचन्द्र पौडेल गुटले मिशन नै चलाएको छ । मिशन चलाउनमा एकभन्दा अर्को के कम भन्ने शैलीमा प्रस्तुत भएका छन् । सरकारले केही गरिहाल्ला र विरोध गरौला भन्ने मात्रै उनीहरुको शैली रहेको छ । तर पछिल्ला दिनमा काँग्रेसका युवा नेता भनिएकाहरु नै गणतन्त्र विरोधी ज्ञानेन्द्र शाहीको फेरो समाएर हिडेका छन् ।   गणतन्त्र बिरुद्ध खुलेयाम गतिबिधि गर्दै शीर्ष नेतामाथि आपत्तिजनक आरोप  लगाउने ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आक्रमणको बिषयलाई कांग्रेसका युवा नेताहरुले आफ्नो राजनीतिक उचाई प्राप्त गर्नेअश्त्र बनाउनु पनि अर्को हास्यास्पद रहेको छ । 

विशेष गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु गगन थापा, प्रदीप पौडेल, चन्द्र भण्डारी, धनराज गुरुङलगायतलाई काँग्रेसभित्र आश लाग्दा नेताका रुपमा लिइन्छ । तर उनीहरु नै ज्ञानेन्द्र शाहीको फेरो समाएर वैतरणी तर्न खोजेका छन् । आशलाग्दा भनिएका युवा नेताहरुले नै शाहीको फेरो समातेपछि कांग्रेस साँच्चीकै सकिने अवस्थामा पुगेको हो त ? भन्ने प्रश्न राजनीतिक बजारमा देखा परेको छ । उनीहरुले नै यस्ता सामान्य र साधारण विषयमा आनो राजनीतिक अश्त्र बनाएर मैदानमा डा भएका छन् । जुन असाध्यै कमजोर अस्त्र हो । राजनीतिमा विषय र एजेण्डा सकिएपछि उनीहरले यस्तो सामान्य र संविधान विरोधी गतिविधि गर्नेको फेरो समाएका हुन् । केही दिन पहिले  चितवनको भरतपुरस्थित चोबिसकोठीमा ‘नेपालका लागि नेपाली’ नामक गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रम सम्बोधनका लागि जाँदै गर्दा शाहीमाथि आक्रमण भएको थियो । सो आक्रमण स्थानीय युवाले सामान्य विवादमा गरेका थिए । 

स्थानीय ग्लोबल होटलबाट बा ३ ख ४५ नम्बरको माइक्रो बसमा चढेर कार्यक्रम स्थल जाँदै गरेका शाहीमाथि आक्रमण गर्नेहरुको पहिचान नखुले पनि कांग्रेसका युवा नेताहरुले उनीमाथि सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले नै आक्रमण गरेको झुटो प्रचार गर्दै आक्रोश पोखेका थिए ।  केही समयअगाडि बाँकेको नेपालगञ्जबाट काठमाडौं आउने क्रममा पर्यटनमन्त्री योगेश भट्टराईलाई पर्खंदा जहाज उड्न ढिलाइ भएपछि शाही मन्त्रीविरूद्ध खनिएका थिए । त्यसलगत्तै उनले आफ्नो फेसबुक वालमा मन्त्रीलाई ‘वैचारिक रामधुलाई’ गरेको लेखेका थिए । त्यसको भोलिपल्ट उनले आयोजना गरेको पत्रकार सम्मेलनमा युटुवरले हातपातको प्रयास गरेपछि प्रहरीको शरणमा पुग्नुपरेको थियो । प्रहरीमा पुगेपछि अव कहिल्यै अराजक हर्कत नगर्ने कागज गरेर शाही छुटेका थिए ।

जसका कारण पनि कांग्रेसका युवा नेताहरुले शाहीमाथि नेकपाकै कार्यकर्ताहरुले चितवनमा आक्रमण गरेको आरोप लगाउँदै बिगतमा आफैले गरेको काम बिर्सिएका मात्रै छैनन् । आफू पानीमाथिको ओभानो समेत बन्ने हर्कत गरेका छन् ।  शाहीमाथि भएको आक्रमणपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शान्तिपूर्ण विरोध सहन नसक्ने प्रवृत्तिमार्फत् सरकार पञ्चायत र कम्युनिस्ट शासनमा फरक छैन भन्ने पुष्टि गर्न खोजिरहेको भन्दै असाध्यै हलुका र गैरराजनीतकि टिप्पणी गरेका थिए । उनले ट्विटर र पत्रकार सम्मेलनमा समेत त्यस्ता सामान्य र मसिना विषयलाई उचाल्ने प्रयास गरेका थिए ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई रगत–पसिना बगाएर बहुमत दिलाएका कार्यकर्ताको निधारमा ‘मण्डलेकरणको कालो’ पोत्ने कर्म किन गराइँदैछ ? भनेर प्रवक्ताको ओज र गरिमा समेत बिर्सने हर्कत गरेका थिए । 
‘लोकतन्त्रका लागि मण्डले विचार र मण्डले चरित्र कुन घातक ? रगत–पसिना बगाएर बहुमत दिलाउने कार्यकर्ताको निधारमा मण्डलेकरणको कालो पोत्ने कर्म किन गराइँदैछ ?’ प्रवक्ता शर्माले टवीटरमा यस्तै लेखेका थिए ।  उनले राजनीतिक भन्दा पनि गैरराजनीतिक चरित्र प्रस्तुत गर्दै भनेका थिए ‘शान्तिपूर्ण विरोध सहन नसक्ने प्रवृत्तिमार्फत् पञ्चायत र कम्युनिस्ट शासनमा फरक छैन भन्ने पुष्टि गर्न किन खोजिँदै छ एटदीरेटपीएमनेपाल ।’ कांग्रेस नेता डा. रामशरण महतले ट्वीट गर्दै फरक मत राखेर भ्रष्टाचारविरुद्ध आन्दोलन गर्नेमाथि गुन्डागिरी गर्दै पिट्ने, लखेट्नेहरू भर्त्सनाका पात्र भएको बताउनु भएको छ । त्यस्तामाथि कानुनी कारबाही हुनुपर्ने भन्दै विगतमा काँग्रेसले केही पनि गरेको थिएन भन्ने जस्ता टिप्पणी गरेका थिए । 

कांग्रेसका युवा नेता गगन थापाले शाहीमाथि आक्रमण गर्नेहरुलाई ‘विचरा’ को संज्ञा दिएका थिए । उनले सत्तारुढ नेकपाका शीर्ष नेताहरुको नाम उल्लेख नगरिकनै आक्रमणका लागि कार्यकर्ता उक्साउनेहरुसँग हिसाबकिताब माग्नुपर्ने भन्दै तल्लो स्तरको व्यवहार देखाएका थिए । ‘ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने विचरा कायरहरुका बारेमा के टिप्पणी गर्नु ? यो कायरताका लागि उक्साउनेहरु दोषी हुन् । अब हिसाबकिताब यिनैसँग माग्नुपर्छ,’ थापाले ट्विटमा भन्नुभएको छ । कांग्रेसका अर्का युवा नेता प्रदीप पौडेलले नेकपाका कार्यकर्ताहरुलाई अरिँगालको संज्ञा दिँदै कुटेर कसैको आवाज बन्द गर्न नसकिने कुरा ख्याल गर्न सुझाएका थिए । उनले शाहीको विचारसँग असहमत हुन पाइए पनि उनलाई विचार राख्ने स्वतन्त्रताबाट बञ्चित गर्न नपाइने भन्दै आफू सज्जन तर नेकपा भने अपराधीको झुण्ड मात्रै भएको बताएका थिए । 

‘चाहे जुनसुकै बाहानामा होस, कसैले कसैको पनि स्वतन्त्र रूपमा विचार राख्न पाउने अधिकारलाई हनन् गर्न सक्दैन् । ज्ञानेन्द्र शाहीको विचारसँग असहमत हुन पाइन्छ तर उनलाई विचार राख्ने स्वतन्त्रताबाट बञ्चित गर्न पाइँदैन । कुटेर आवाज बन्द गर्न सकिँदैन, अंरिगालहरूलाई ख्याल होस,’ पौडेलले भन्नुभएको छ । यस्तै कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले पनि जनतालाई शान्तिपूर्ण रुपमा विरोध गर्ने अधिकार भए पनि सरकारले विरोध गर्ने मौका नै दिन नहुनेमा जोड दिँदै विरोधी मजबुत नबनी सरकारले सही मार्ग पहिल्याउन नसक्ने बताएका थिए ।  ‘शान्तिपूर्ण विरोध गर्ने अधिकार जनताको हो । तर विरोध गर्ने मौका सरकारले दिनु हुँदैन । विरोधी मजबुत नबनी सरकारले सही मार्ग पहिल्याउन सक्दैन तसर्थ भिजलान्ते सतर्क बन,’ भण्डारीले भनेका थिए । 

कांग्रेसका अर्का केन्द्रीय सदस्य धनराज गुरुङले शाहीले गलत काम गरेको भए कानुनी कारवाही गर्न सरकारलाई सुझाव दिएर पानीमाथिको ओभनो बनेका थिए । ‘चितवनमा ज्ञानेन्द्र शाहीमाथि कुटपिटको खबर आएछ । शाहीले कुनै गलत काम गरेको भए कानुनी कारवाही गर्नुपर्छ तर संविधानको धारा १७ को उपधारा २ (क) ले प्रदत्त गरेको विचार र अभिव्यक्ति स्वतन्त्रताको हक अन्त भएकै हो ?’ गुरुङको भनाई थियो । 

सवैजसो कांग्रेस नेताहरुले शाहीको फेरो समातेर बिना आधार नेकपामाथि आक्षेप लगाएका छन । आफूले जे आरोप लगायो,त्यही सत्य भन्दै उनीहरुले  कुर्लिरहे पनि चितवन प्रहरीले अहिलेसम्म जाहेरी नै नआएको बताएको छ । शाही घटनामा मात्रै होइन, तनहु घटनामा पनि कांग्रेस नेताहरुले बिल्कुलै झुटो प्रचार गरिरहेका छन । जनताले नमस्कार गर्दै हाम्रो गाउँपालिका सेन्टरमा हुनुपर्छ भन्दा डा मिनेन्द्र रिजालले लाठी र भालाले प्रहार गर्न खोजेको भन्दै सतप्रतिशत झुटको खेती गरेका थिए । तनहुँमा केन्द्र सार्ने विषयमा विवाद भएको थियो । पायक नपर्ने स्थानमा गाँउपालिकाको केन्द्र सार्न थालेको भन्दै स्थानीय गरेको विरोधमा गएर उक्साउने काम गरेका थिए । उनले आफ्नो शक्ति भएको र नेकपालाई यही बाहानामा पेल्न पाइन्छ भन्ने मस्कद राखेका थिए । स्थानीय समस्यामा खेलेर नेता बन्न खोजको रिजाललाई स्थानीयले रोकेका होइनन् , समस्या सुनिदिन दिन आग्रह गरेका थिए । तर उनले आफू जसरी पनि जाने भन्दै अड्डी लिएका कारण विवाद बढेको थियो ।

प्रतिक्रिया दिनुहोस