महरालाई कारबाही गर्नुको साटो सरकारले संरक्षण गरेको कांग्रेस सभापती देउवाको आरोप

सफल खबर संवाददाता

शनिबार, १८ असोज २०७६, १४ : ५३
महरालाई कारबाही गर्नुको साटो सरकारले संरक्षण गरेको कांग्रेस सभापती देउवाको आरोप

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यौन दूव्र्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सरकारले संरक्षण दिएको आरोप लगाएका छन् । 

दशैंको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै उनले महरालाई कारबाही गर्नुको साटो सरकार आफैले संरक्षण गर्ने काम गरिरहेको दाबी गरेका हुन् ।

देउवाले पीडित महिलालाई धम्क्याएर मुद्दा हाल्न नदिएको प्रष्ट भइसक्दा पनि किन कारबाही नगरेको भनेर प्रश्न गरे । ‘त्यो महिलालाई तर्साएर धम्क्याएर मुद्दा हाल्न दिएको छैन । उसको श्रीमानलाई महराले धम्क्याएको छ, उनले भने ।

‘त्यस्तो बदमासी गर्ने अनि उल्टै सो घटनाको तथ्य लेख्नेमाथि ज्यान मार्ने धम्की दिने काम भइरहेको छ,’ सभापति देउवाको भनाई थियो, ‘त्यस्ता मान्छेलाई बचाउन जे पनि गरिरहेका छन् ।’

यद्यपी महरालाई बलात्कारको आरोप लगाउने रोशनी शाहीले आजै महराविरुद्ध उजुरी दिइसकेकी छिन् ।
 

प्रतिक्रिया दिनुहोस