महराविरुद्ध रोशनीको उजुरी, बलात्कारको प्रयास र कुटपिटको अभियोग

सफल खबर संवाददाता

शनिबार, १८ असोज २०७६, १३ : ४६
महराविरुद्ध रोशनीको उजुरी, बलात्कारको प्रयास र कुटपिटको अभियोग

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई लागेको यौन दुर्व्यवहारको घटनाले नयाँ रुप लिएको छ । जबरजस्तीकरणीको प्रयास गरेको अभियोगमा पीडित महिलाले महानगरीय प्रहरी वृत्त, बानेश्वरमा जोहरी दिएकी छिन् । यसअघि महरालाई बुवा समान व्यक्ति भएको बताउँदै मिडियामार्फत देखा परेकी रोशनी शाहीले नै महराविरुद्ध उजुरी दिएकी हुन् । 

आफूलाई बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै उनले नयाँ बानेश्वर प्रहरी वृत्तमा शुक्रबार उजुरी दर्ता गराएकी हुन् । प्रहरीका एक अधिकृतले महराविरुद्ध उजुरी प्राप्त भएको पुष्टि गरे ।

यसअघि १३ असोजमा ती महिलाले आफूमाथि हिंसा भएको दाबी गर्दै विभिन्न सञ्चारमाध्यममा बयान दिएकी थिइन् । आइतबार राति पानै ९ बजे सुविधानगरमा भएको भनिएको घटनापछि प्रहरी समेत उनको घरमा पुगेको थियो । प्रहरीले घटनास्थलबाट रक्सीका बोतल, फुटेका चस्मा लगायतका सामग्री बरामद गरेको थियो ।

महराले सभामुख पदबाट राजिनामा दिएकै साँझ निज महिलाले एक अनलाईनलाई भिडियो अन्तर्वार्ता दिँदै महरा निर्दोष भएको बताएकी थिइन ।

त्यसपछि उनले वानेश्वर वृत्तमा नै आफूमाथि महराले कुनै दुव्र्यवहार नगरेको निवेदन दर्ता गरेकी थिइन । ‘आफू डिप्रेसनको शिकार भएको र के बोलेँ थाहा नभएको’ भन्दै निवेदन दिएकी थिइन् । उनले स्वास्थ्य परीक्षण गर्न समेत मानेकी थिइनन् ।

तर अहिले ती महिलाले फेरी आफ्नो बयान फेर्दै जाहेरी दर्ता गरेको प्रहरीले जनाएको छ । जोहरी परेसँगै प्रहरीले अनुसन्धानमा पुनः तादरुकता देखाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस