आहा रारा गोल्डकपको उपाधिका लागि थ्रीस्टार र पुलिस भिड्ने

विहीबार, १८ माघ २०७४, १८ : ४१
आहा रारा गोल्डकपको उपाधिका लागि थ्रीस्टार र पुलिस भिड्ने

काठमाडौं । पोखरामा जारी १६ औं आहा रारा गोल्डकप फुटलबको उपाधिका लागि थ्रीस्टार क्लब  र विभागीय नेपाल पुलिसबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा धरान एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।

पोखरा रंगशलामा भएको सेमिफाइनलमा पुलिसलाई फाइनल प्रवेश गराउन सुमन लामाले गरेको गोल नै निर्णायक बन्यो । खेलको २२औं मिनेटमा धरानका रोमन लिम्बुले आफ्नो डिबक्सभित्र फल गरेपछि पुलिसले पेनाल्टी पाएको थियो ।

पेनाल्टीको सदुपयोग गर्दै सुमनले गोल गरेपछि पुलिसले सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफ १–० गोलले पछि परेको धरानले दोस्रो हाफमा पुलिसलाई गोल गर्नबाट रोकेपनि फाइनल पुग्नबाट भने रोक्न सकेन । दुबै टोलीले गोल गर्ने राम्रो अवसर खेर फालेको थियो ।

फाइनल खेल शनिबार पोखरा रंगशालामा हुनेछ ।

प्रतियोगिताको विजेताले ७ लाख १ हजार र ट्रफि पाउनेछ । त्यस्तै, उपविजेताले ३ लाख ५१ हजार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ थान हिरो ड्यास स्कुटर पाउने छन् ।

प्रतिक्रिया दिनुहोस