Safal Khabar - फाप्लु विमानस्थलमा परीक्षण उडान
बिहिबार, २६ मङि्सर २०७६ (Thursday, 12 December, 2019)
फाप्लु विमानस्थलमा परीक्षण उडान
मङ्गलबार, २८ साउन २०७६, १३ : ४६
फाप्लु विमानस्थलमा परीक्षण उडान

सोलुखुम्बु । नेपाल वायुसेवा निगमको ‘वाई१२ई’ जहाजले सोलुखुम्बुको फाप्लु विमानस्थलमा परीक्षण उडान भरेको छ । चिनमा निर्मित उक्त विमानले आज पहिलो पटक सफल परीक्षण उडान भरेको हो । चौध सिट क्षमता भएको उक्त जहाजले ओखलढुङ्गाको रुम्जाटारमा पनि आजै उडान भरेको निगमका ‘अपरेशन डाइरेक्टर’ एवं ‘क्याप्टेन’ दीपुराज ज्वारचनले जानाकारी दिनुभयो । 

विसं २०७१ मा नेपाल सरकारले चीन सरकारको सहयोगमा  चार ‘वाई१२ई’ जहाज भित्र्याएको थियो । उक्त विमानले करीब १० दिनको अवधिमा पूर्वको भोजपुर, ताप्लेजुङ, रुम्जाटार र फाप्लुमा परीक्षण उडान भरेको उहाँको भनाइ थियो । हाल उक्त जहाजले सुदूरपश्चिमका जिल्लामा उडान भर्दै आएको निगमले जनाएको छ । उक्त विमान छोटो धावन मार्ग भएका विमान स्थलका लागि उडान तथा अवतरणका लागि प्रभावकारी मानिन्छ । (रासस)

Yeti Diistillery
nic asia

प्रतिक्रिया दिनुहोस