चितवन । तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका २७ मेघौलीका ३२ वर्षीय अनिल सोनामी, १७ वर्षीय अजित क्षेत्री र सोही स्थानका १६ वर्षीय सुमन भुजेल घाइते भएका हुन् ।
मोटरसाइकल चालक सोनामीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको अनुहार र टाउकोमा चोट लागेको छ । तिनै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । कसराबाट ज्योतिनगरतर्फ गइरहेको ना ३२ प १७३६ नम्बरको मोटरसाइकल भरतपुर महानगरपालिका २६ खद्रौली र घान्द्रुक चोकमा रहेको निर्माणाधीन पुलमा अनियन्त्रित भई नहरमा खस्दा उनीहरु घाइते भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ साउन २०७६, १२ : १६
लेखकबाट थप