चितवन च्याम्पियनसिप कप आजदेखि सुरु, माडीको विजयी सुरुवात

मंगलबार, १६ माघ २०७४, २० : ५१
चितवन च्याम्पियनसिप कप आजदेखि सुरु, माडीको विजयी सुरुवात

चितवन । एभरेष्ट क्लव चितवनको आयोजना जिल्ला स्तरको सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता ‘चौथो चितवन च्याम्पियनसिप कप–२०७४’ आज (मंगलबार)बाट सुरु भएको छ । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरको खेल मैदानमा प्रतियोगिताको एक कार्यक्रमकाबीच चितवन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले खेलको उद्घाटन गनुभयो ।


आजको समुद्घाटन खेलमा बसन्तपुर युनाईटेड क्लव माडीले विजयी सुरुवात गरेको छ । माडीले हर्दी युवा समाज भण्डारालाई १–० ले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा कुनै गोल हुन सकेको थिएन । खेलको दोस्रो हाफको १० औं मिनेटमा बसन्तपुर माडीका विदेशी खेलाडी अबु वकरले गोल गर्दै माडीको जित सुनिश्चित गरे । 
प्रतियोगिता अन्तरगत नारायणगढ फुटबल क्लव र रामनगर फुटबल क्लवबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । 
प्रतियोगिताको विजेताले नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । आयोजक एभरेष्ट क्लव भरतपुरका अनुसार प्रतियोगितामा कुल १६ टिमको सहभागीता रहेको छ । उद्घाटन खेलमा प्रवेश निःशुल्क रहेको थियो । खेल हरेक दिनको १ बजेबाट सुरु हुनेछ । 

प्रतिक्रिया दिनुहोस