खेलकुद

‘चितवन च्याम्पियनसिप कप’ भोली देखि सुरु हुँदै

सोमबार, १५ माघ २०७४, १७ : ५८
‘चितवन च्याम्पियनसिप कप’ भोली देखि  सुरु हुँदै

भरतपुर । चितवनमा जिल्ला स्तरको सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता ‘चौथो चितवन च्याम्पियनसिप कप–२०७४’ सुरु हुँदैछ । प्रतियोगिताको सबै तयारी पुरा भईसकेको आयोजक एभरेष्ट क्लव भरतपुरका अध्यक्ष अशोक देवकोटाले जानकारी दिनुभयो ।

आयोजकले पत्रकार सम्मेलन गरि भोली एक भव्य समारोहकाबीच समुद्घाटन कार्यक्रम हुने जानकारी दिएको छ । अध्यक्ष देवकोटाले प्रतियोगिताको चितवन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल समुद्घाटन गर्ने जानकारी दिनुभयो ।

 

भोली समुद्घाटन खेलमा बसन्तपुर माडीका विरुद्ध हर्दी युवा समाज भण्डाराबीच प्रतिस्पर्धा हुने अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । दर्शकको चाहना र माग अनुसार उद्घाटन खेलमा प्रवेश निःशुल्क रहेको उहाँले बताउनुभयो । खेल दिनको १ बजे सुरु हुनेछ । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा हुने प्रतियोगिता फागुन ३ गतेसम्म चल्ने छ ।

प्रतियोगिताको विजेताले नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । आयोजक एभरेष्ट क्लव भरतपुरका अनुसार प्रतियोगितामा कुल १६ टिम सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस