तातो हावाका कारण अमेरिकामा छ जनाको मृत्यु

एजेन्सी

आइतबार, ०५ साउन २०७६, १९ : १८
तातो हावाका कारण अमेरिकामा छ जनाको मृत्यु

वासिङ्टन । अमेरिकामा तातो हावाका कारण छ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

तीमध्ये चार जनाको पूर्वी राज्य मेरील्याण्डमा, एक जनाको पश्चिमी राज्य एरिजोनामा र अर्का एक जनाको मध्य क्षेत्रको राज्य अर्कान्सासमा भएको हो । 

अमेरिकी फुटबल खेलाडी ३२ बर्षीय मिच पेट्रुसको बिहीबार बेलुका आफ्नो पसलबाट बाहिर निस्केको बेलामा मृत्यु भएको बताइएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार एरिजोनामा एक जना प्राविधिकको पनि बिहीबार नै मृत्यु भएको छ । 

बढ्दै गएको तापक्रम शनिबार ३८ डिग्री सेल्सीयससम्म पुगेको र यो अत्यधिक धेरै मानिएको छ । अत्यधिक गर्मीका कारण कतिपय कार्यक्रमहरु स्थगित भएका छन् । (रासस-सिन्ह्वा) 

प्रतिक्रिया दिनुहोस