लामाविरुद्ध कर्तव्य ज्यान उद्योग र बम विस्फोट मुद्दा चलाइने

सफल खबर संवाददाता

आइतबार, ०५ साउन २०७६, ११ : २७
लामाविरुद्ध कर्तव्य ज्यान उद्योग र बम विस्फोट मुद्दा चलाइने

काठमाडौं । विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट शनिबार मध्यराति पक्राउ परेका माइला लामाविरुद्ध सरकारले कर्तव्य ज्यान उद्योग र बम विस्फोट मुद्दा चलाउने भएको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका उपत्यका ब्यूरो इन्चार्ज लामालाई बम बिस्फोटका विभिनन घटनामा उत्तरदायी ठानिएको छ ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले कर्तव्य ज्यान  उद्योग र बम विस्फोटविरुद्ध मुद्दा चलाइने जानकारी दिए । यसअघि नै ललितपुर जिल्ला अदालमा कर्तव्य ज्यान अन्तर्गत मुद्दा दर्ता गरिएका उनीविरुद्ध नख्खु र काठमाडौंमा बम विस्फोटको आरोप समेत लागेको छ ।  

प्रतिक्रिया दिनुहोस