चीनको ग्यास उद्योगमा विस्फोट, दश जनाको मृत्यु, १९ घाइते, पाँच बेपत्ता

एजेन्सी

शनिबार, ०४ साउन २०७६, १६ : ५८
चीनको ग्यास उद्योगमा विस्फोट, दश जनाको मृत्यु, १९ घाइते, पाँच बेपत्ता

सांकेतिक तस्विर

झेन्झाउ  । चीनको एउटा ग्यास उद्योगमा शुक्रबार बेलुका भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ । 
घटनामा परी अरु १९ जना घाइते भएका छन् भने पाँच जना सम्पर्कबिहीन रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् । 
हेनान प्रान्तस्थित ग्यास उद्योगमा स्थानीय समय अनुसार शुक्रबार बेलुका ५.४५ मा विस्फोट भएको हो । 
इमा शहरमा अवस्थित हेनान कोल ग्यास कम्पनी लिमिटेडको ग्यास उद्योगमा विस्फोट भएको  स्थानीय प्रशासनले जनाएको छ ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र सम्पर्कविहीन भएकाहरुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् ।  (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस