प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न : ‘लगाम’ उपहार पठाऊ कि सम्हाल्नुहुन्छ आफ्ना मन्त्री ?

सफल खबर संवाददाता

विहीबार, २६ असार २०७६, १९ : ३०
प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न : ‘लगाम’ उपहार पठाऊ कि सम्हाल्नुहुन्छ आफ्ना मन्त्री ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘लगाम’ उपहार पठाऊ कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री भन्दै प्रश्न गरेका छन् । 

बिहीबार नियमित पत्रकार सम्मेलनका क्रममा विप्लवबारे कांग्रेसको धारणा माग्दै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले कांग्रेसले हिंसा र निषेधको राजनीतिलाई एउटै घानमा मुछ्ने हो भने दिनभरि वीपी, रातभरि विप्लव हो रु’ भनेर प्रश्न गरेका थिए । जसको जवाफ दिँदै काँग्रेस प्रवक्ता शर्माले एउटा ट्विट गर्दे आफ्ना मन्त्रीलाई सम्माहाल्न आग्रह गरेका हुन् ।

यस्तो छ उनको ट्विट ‘प्रधानमन्त्रीनै जब असंसदीय शब्द बोल्नुहुन्छ संसदमा तब कुनै फोटोकपी मन्त्रीसंग संस्कारको अपेक्षा कसरी गर्नु ? अराजनीतिक बोलिको जवाफ दिंदै हिंड्नु उचित हुन्न । भनाइ छ हलेदो भनेर चिनिसकेपछी धेरै कोट्याउनु हुन्न ! लगाम उपहार पठाउं कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री ?"

 

प्रधानमन्त्रीनै जब असंसदीय शब्द बोल्नुहुन्छ संसदमा तब कुनै `फोटोकपी´ मन्त्रीसंग संस्कारको अपेक्षा कसरी गर्नु ? अराजनीतिक बोलिको जवाफ दिंदै हिंड्नु उचित हुन्न l भनाइ छ हलेदो भनेर चिनिसकेपछी धेरै कोट्याउनु हुन्न !@PM_Nepal `लगाम´ उपहार पठाउं कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री ? — Bishwa Prakash शर्मा (@bishwaprakash77) July 11, 2019

प्रतिक्रिया दिनुहोस