आहा ! रारा गोल्डकपको क्वाटरफाइनलमा पुलिस

शुक्रबार, १२ माघ २०७४, १८ : ०३
आहा ! रारा गोल्डकपको क्वाटरफाइनलमा पुलिस

पोखरा । नेपाल पुलिस क्लब पोखरामा जारी १६ औं आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा झापा ११ लाई १–० ले पराजित गर्दै पुलिसले क्वाटरफाइनलमा स्थान बनाएको हो ।

पोखरा रंगशालामा भएको खेलमा पुलिसलाई जित दिलाउन सुमन लामाले निर्णायक गोल गरे । पहिलो हाफको १२ औं मिनेटमा सुमनले गरेको गोल नै पुलिसको जितमा निर्णायक बनेको थियो । यता, झापाले दुवै हाफमा केहि गोलको राम्रो अवसर पाएपनि गोल गर्न सक्दा पराजित हुन् पुग्यो ।

अब पुलिसले क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दीसँग खेल्ने छ ।  प्रतियोगितामा १० स्वदेशी र २ विदेशी गरी १२ टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले ७ लाख १ हजार र ट्रफि पाउनेछ । त्यस्तै, उपविजेताले ३ लाख ५१ हजार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ थान हिरो ड्यास स्कुटर पाउने छन् ।

प्रतिक्रिया दिनुहोस