प्रथम अन्तर्राष्ट्रिय खुल्ला कराते आइतबारबाट

शुक्रबार, १२ माघ २०७४, १५ : ४१
प्रथम अन्तर्राष्ट्रिय खुल्ला कराते आइतबारबाट

काठमाडौं । प्रथम अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता आइतबारबाट सुरु हुने भएको छ । आयोजक अखिल नेपाल खेलकुद महासंघ ललितपुरले शुक्रबार पत्रकार सम्मेलन गर्दै ६ राष्ट्र सम्मलित प्रतियोगिताको बारे जानकारी गराएको हो ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबार  सुरु हुने प्रतियोगितामा ३ दिनेसम्म संचालन हुने छ । प्रतियोगितामा नेपालसहित भारत, भुटान,बंगलादेश,पाकिस्तान र श्रीलंकाका खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितमा ७० स्वर्ण, ७० रजत र १४० कास्य पदकको लागि प्रतिस्पर्धा हुने छ । कुमुते  फाइटतर्फ ५८ स्वर्णको लागि प्रतिस्पर्धा हुँदा कातातर्फ १२  स्वर्णको लागि खेल हुनेछ ।

प्रतियोगितामा नेपालसहित कुल ५०० खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ । जसमा उपत्यकाबाट २ सय र उपत्यका बाहिरबाट १ सय गरी नेपालबाट ३ सय खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै अन्य देशबाट २ सय खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस