जनताको मन दुख्ने गरी विधेयक ल्याइँदैन, गुठी विधेयक सच्याइन्छ : प्रधानमन्त्री ओली

यो सरकार जनताको मन दुखाउन नभइ हँसाउन बनेको भनाइ

सफल खबर संवाददाता

आइतबार, ०१ असार २०७६, १२ : १३
जनताको मन दुख्ने गरी विधेयक  ल्याइँदैन, गुठी विधेयक सच्याइन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मन दुखेको भए गुठी विधेयक सच्याइने बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित विशेष समारोहमा सहभागी भई  स्वदेश फर्किएका ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन । 

उनले भने ‘धर्म संस्स्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर विधेयकमा परेको रहेछ भने सरकारले सच्याउँछ ।’

यो सरकार जनताको मन दुखाउन नभइ हँसाउन बनेको भन्दै प्रधानमन्त्री ओलीले कही कतै नमिलेको रहेछ वा भुलबश भएको रहेछ भने त्यसलाई सच्चाएर जनतालाई खुसि पारिने बताए ।

प्रधानमन्त्री ओली शतवार्षिकीका समारोहमा भाग लिन तथा  बेलायत र फ्रान्सको औपचारिक भ्रमणका लागि गत जेठ २५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस