आज २ बजे माडीको बसन्तपुरबाट डिआर पौडेलको शवयात्रा हुने, प्रचण्डबाट अन्तिम श्रद्धाञ्जली

सफल खबर संवाददाता

शुक्रबार, ३१ जेठ २०७६, १३ : ०९
आज २ बजे माडीको बसन्तपुरबाट डिआर पौडेलको शवयात्रा हुने, प्रचण्डबाट अन्तिम श्रद्धाञ्जली

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, संविधानसभाका सभासद् एवं पूर्वशिक्षामन्त्री डीआर (धनीराम) पौडेलको आज दिउँसो २ बजे माडीको बसन्तपुरबाट शवयात्रा हुने भएको छ । 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कार्यालय चितवनका अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत’ र सचिव कृष्णभक्त पोखरेलले आज (शुक्रबार) विज्ञप्ति जारी गरी चितवनमा आज आयोजना गरिएका सबै कार्यक्रमहरु स्थगित गरिएको र पार्टीको झन्डा आधा झुकाउने निर्णय भएको जानकारी दिनुभयो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टी सचिवालय सदस्य नेता बामदेव गौतम, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा बादलले चितवनमा नै आज डीआरप्रति अन्तिम श्रद्धाञ्जली दिनु हुने विज्ञप्तिमा जनाइएको छ । 
५३ वर्षको अल्पायुमा आज मिति २०७६ जेठ ३१ गतेका दिन बिहान उहाँकै गृहनगर माडीमा डिआर पौडेलको असामयिक निधन भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस