डिआर पौडेल नेपाल कम्युनिष्ट आन्दोलनका एउटा होनाहार प्रतिभा : गृहमन्त्री थापा

सफल खबर संवाददाता

शुक्रबार, ३१ जेठ २०७६, १२ : ३८
डिआर पौडेल नेपाल कम्युनिष्ट आन्दोलनका एउटा होनाहार प्रतिभा : गृहमन्त्री थापा

चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले पूर्वशिक्षामन्त्री स्वर्गीय धनिराम (डिआर) पौडेल नेपाल कम्युनिष्ट आन्दोलनका एउटा होनाहार प्रतिभा भएको बताउनु भएको छ ।

शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरु सँग कुरा गर्दै उहाँले नेपाल कम्युनिष्ट पार्टीका नेता डिआर पौडेलको निधनप्रति सिङ्गो पार्टी नै स्तब्ध भएको बताउनु भयो । पौडेलले नेपाल कम्युनिष्ट आन्दोलनमा अविस्मरणीय योगदान पु¥याउनु भएको गृहमन्त्री थापाको भनाइ छ । गृहमन्त्री थापाले स्वर्गीय पौडेलले पञ्चायतकाल विरुद्धको संघर्षपूर्ण आन्दोलनको नेतृत्व गरेको स्मरण गर्नुभयो । संघीय गणतन्त्र नेपाल बनाउन पनि डिआर पौडेलले महत्वपूर्ण भूमिका खेल्नुभएको गृहमन्त्री थापाले बताउनु भयो ।

शिक्षा क्षेत्रको विकासमा पनि पौडेलले ठूलो योगदान पु¥याउनु भएको थापाले बताउनु भयो । पौडेलप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै गृहमन्त्री थापाले उहाँका परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो ।

शुक्रबार (आज) विहान ५३ वर्षको उमेरमा पौडेलको आफ्नै गृह नगर चितवनको माडीमा रहेको वगौडा अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस