रामकुमारी झाँक्रीलाई मन परेन सांसदहरुलाई ल्यापटप बाँड्ने कुरा

सफल खबर संवाददाता

विहीबार, ३० जेठ २०७६, १२ : ४१
रामकुमारी झाँक्रीलाई मन परेन सांसदहरुलाई ल्यापटप बाँड्ने कुरा

काठमाडौं । नेकपा सांसद रामकुमारी झाँक्रीले सांसदहरुलाई ल्यापटप बाँड्ने कुराको विरोध गरेकी छिन् । बिहीबार संसद बैठकको शुन्य समयमा बोल्दै सांसद झाँक्रीले सांसदलाई ल्यापटप दिएर जनतामा नकारात्मक सन्देश दिन खोजेको बताएकी हुन् ।
उनले भनिन्–‘केही दिन अघिदेखि पत्रपत्रिकामा सांसदहरुलाई ल्यापटप बाँड्न संसद सचिवालयले टेन्डर आह्वान ग¥यो भन्ने सुने । यो सुन्दा मलाई दुःख लागेको छ किनभने सांसदहरुलाई यस्ता खुद्रा मसिना कुराहरु बाँड्ने र यसको हुर्मत लिने काम बेला बखत भइरहेको छ । कहिले ६ करोड सांसद विकास कोषको नाममा, ५१ सालमा निर्णय गरिएको भन्सार सुविधामा गाडी ल्याउने कुरा । यी सबै कुराहरुले सांसदहरुलाई जनसँग दुरी बढाउने र सांसदप्रति जनताको नकारात्मक भावना विकास भएको देखिन्छ । क्रमश त्यसले संसदीय व्यवस्था र प्रजातान्त्रिक व्यवस्थामा नै आँच आएका घटना छन् ।’

उनले सांसदलाई प्रविधी मैत्री बनाउँछु भन्ने नाममा सस्ता कुराहरु गरेर सांसदहरुको हुर्मत लिने कुरा बन्द गर्न आग्रह गरिन । उनले भनिन्–‘यो विषय आपत्तिजनक छ, यसले सांसदहरुको मर्यादा पनि बढ्दैन ।’

प्रतिक्रिया दिनुहोस