नेकपाको कार्यविभाजन टुंग्याउन शीर्ष नेताहरुको बैठक जारी

सफल खबर संवाददाता

मंगलबार, २१ जेठ २०७६, १० : ०५
नेकपाको कार्यविभाजन टुंग्याउन शीर्ष नेताहरुको बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु पार्टीको कार्य विभाजनबारे टुंगो लगाउन गृहकार्यमा जुटेका छन्।बालुवाटार निकट स्रोतका अनुसार मंगलबार दिउँसो तीन बजेका लागि बोलाइएको सचिवालय बैठकअघिनै सहमति जुटाउने गरी चार नेताको बैठक बिहानैदेखि प्रधानमन्त्री निवासमा जारी छ।

बैठकमा नेकपामा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसहित महासचिव विष्णु पौडेल र अर्का नेता माधवकुमार नेपाल सहभागी छन्।

एउटै विभागको नेतृत्वका लागि धेरै नेताहरू आकांक्षी हुँदा नेकपाले विभिन्न विभागहरूका नेतृत्वबारे निर्णय गर्न सकेको छैन। सगठन, आर्थिक, प्रचार, पार्टी स्कुललगायत विभागमा धेरै नेताहरुको दाबी छ।

प्रतिक्रिया दिनुहोस