भारतको  केन्द्र शासित अन्दमान निकोबारमा भूकम्प

एजेन्सी

बुधबार, ०८ जेठ २०७६, ११ : २६
भारतको  केन्द्र शासित अन्दमान निकोबारमा भूकम्प

पोर्ट ब्लेयर । भारतको केन्द्र शासित अन्दमान द्वीपमा मङ्गलबार ५.६ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।
बिहान ६ बजेर ९ मिनेटमा गएको उक्त भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर मुनि रहेको थियो ।
मङ्गलबार बिहानीपख निकोबार द्वीपमा ४.१ म्याग्नीच्यूडको भूकम्प गएलगत्तै अन्दमानमा पनि भूकम्प गएको थियो । निकोबारमा भने बिहान २ बजेर ४ मिनेटमा भूकम्प गएको थियो ।
अन्दमान र निकोबार द्वीप भूकम्पीय जोखिममा रहेका क्षेत्रहरु हुन् । गत अप्रिल १ का दिन यस क्षेत्रमा साना तथा मझौला किसिमका २० वटा भूकम्प गएका थिए । (रासस/एएनआई) 

प्रतिक्रिया दिनुहोस