ट्रम्प र बेलायतका राजकुमार चाल्र्सबीच भेटवार्ता हुने अनुमान

एजेन्सी

मंगलबार, ०७ जेठ २०७६, १९ : १९
ट्रम्प र बेलायतका राजकुमार चाल्र्सबीच भेटवार्ता हुने अनुमान

लण्डन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना गर्नु लाग्नु भएको बेलायत भ्रमणका क्रममा उहाँले बेलायतका राजकुमार चाल्र्ससँग भेटवार्ता गर्न सक्ने सीएनएनले सोमबार जानकारी दिएको छ ।

अपराह्न चियाको समयमा  ट्रम्प र चाल्र्सबीच भेटवार्ता हुने अनुमान गरिएको छ । यद्यपी ह्वाइट हाउसले यस विषयमा केही टिप्पणी गरेको छैन । 
यसअघि ७० वर्षीय राजकुमार चाल्र्सले अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट गर्न अनिच्छा देखाउनुभएका समाचारहरु प्रकाशन भएका थिए । 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले आगामी जुन ३ मा बेलायतको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ ।  (रासस/एएनआई) 

प्रतिक्रिया दिनुहोस