होन्डुरसमा बिमान दुर्घटना हुँदा पाँच जनाको मृत्य

एजेन्सी

आइतबार, ०५ जेठ २०७६, १५ : ३३
होन्डुरसमा बिमान दुर्घटना हुँदा पाँच जनाको मृत्य

होन्डुरस । होन्डुरसको रोटान द्वीपमा एउटा सानो बिमान दुर्घटनाग्रस्त हुँदा चार जना क्यानाडेली पर्यटक र एक जना अमेरिकी पाइलटको मृत्यु भएको छ । 

प्रहरीका अनुसार रोटानको बिमानस्थलबाट उडेको केही मिनेटभित्रै उक्त बिमान डिक्सन कोभ शहर नजिक दुर्घटनाग्रस्त भएको थियो । मृत्यु हुनेहरुमा ब्राड्ली पोस्ट, बेली सोनी, टमी डब्लर तथा पाइलटद्वय प्याट्रिक फोरसेठ र एन्थोनी डब्लर रहनुभएको छ । 

उक्त जहाज रोटानबाट करिब ७७ किलोमिटर टाढाको अर्को शहर ट्रुजिल्लोतर्फ गइरहेको थियो । –रासस/एएफपी

प्रतिक्रिया दिनुहोस