भारतमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, ३० जना घाइते

एजेन्सी

शनिबार, ०४ जेठ २०७६, १५ : २२
भारतमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, ३० जना घाइते

भारतको लखनउ । आगरा राजमार्गमा शनिबार द्रुतगतिमा गइरहेको एक बस दुर्घटना पर्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।
सो राजमार्ग अन्तर्गतको देवखरीमा भएको सो दुर्घटनामा परी अन्य ३० जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । 

दिल्लीबाट यात्रु लिएर बिहारतर्फ गइरहेका अवस्थामा ट्याक्टरको ट्रलीमा ठोक्किएर बस दुर्घटनामा परेको बताइएको छ । 
घाइतेका मध्ये एक दर्जन भन्दा बढीलाई थप उपचारका लागि लखनउ ट्रमा सेन्टरमा लगिएको अधिकारीहरुले जनाएका छन् ।  
घाइते मध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने पनि आशङ्का गरिएको छ ।

प्रतिक्रिया दिनुहोस