उत्तर प्रदेशको अलीगढमा एक अचम्मको घटना, उपचारका क्रममा मुखमा विस्फोट

एजेन्सी

शुक्रबार, ०३ जेठ २०७६, १४ : ५७
उत्तर प्रदेशको अलीगढमा एक अचम्मको घटना, उपचारका क्रममा मुखमा विस्फोट

काठमाडौं । उत्तर प्रदेशको अलीगढमा एक अचम्मको घटना सार्वजनिक भएको छ । भारतीय मिडियाका अनुसार त्यहाँकी एक महिलाले विष सेवन गरिन् । जब उनलाई उपचारका लागि जवाहरलाल मेडिकल कलेजमा भर्ना गरियो तब ती महिलाको मुखमा विस्फोट भएको हो ।

विस्फोट भएपछि डाक्टरको समूह पनि अचम्ममा परेको  छ ।  महिलाको मुखबाट धुँवा निस्कनुका साथै आगोसमेत लागेको बताइएको छ । घटनाको केहीबेरपछि महिलाको मृत्यु भएको छ ।
पुलिस अधिकारी अरविन्द चौधरीका अनुसार महिलाको पहिचान शिला देवीको रुपमा भएको छ । उनले विष सेवन गरेकी थिइन । उनलाई इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो ।

इमर्जेन्सी वार्डका एसीएमओ राहुल कुमारले यो घटना आफैंमा अचम्मको  भएको बताएका छन् । उनले भने, ‘हामीले मेडिकलको इतिहासमा यस्तो पहिलो पटक देखेका हौं । विष सेवन गरेको व्यक्तिको मुखमा बिस्फोट भएको यो पहिलो घटना हो ।’ उनका अनुसार सुरुवाती अनुसन्धान हेर्दा यस्तो लाग्छ कि महिलाले बिस्फोटक पदार्थ सेवन गरेकी थिइन् ।
 

प्रतिक्रिया दिनुहोस