सात प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख नियुक्त

बुधबार, ०३ माघ २०७४, १७ : ०८
सात प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख नियुक्त

काठमाडौं । सरकारले  प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको छ ।  बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेशको अस्थायी राजधानी तोकेको हो ।  

प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी अस्थायी राजधानी तोकिएको छ ।

बैठकले प्रदेश प्रमुख पनि नियुक्त गरेको छ । प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस